सोमबार, श्रावण १८,२०८३ 04:30:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:30:55
Bizshala
Global IME Bank Limited

इजरायलले जनायो अमेरिकाको युद्धविराम प्रस्तावमा सहमति

इजरायलले जनायो अमेरिकाको युद्धविराम प्रस्तावमा सहमति
New Office

काठमाण्डौ । इजरायल सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा सहमति जनाएको जनाएको छ । इजरायली सरकारले एक विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनलाई कडा जवाफ दिने जनाएको छ ।  

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए । त्यपश्चात जारी अर्को पोस्टमा ट्रम्पले युद्धविराम सुरु भएको र यसलाई उल्लङ्घन नगर्न भनेका थिए । ट्रम्पको घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीको बयान आएको छ ।  

अरघचीले भने, ‘अहिलेसम्म कुनै पनि प्रकारको ुयुद्धविरामु वा सैन्य कारबाही रोक्ने कुनै सम्झौता भएको छैन। तर यदि इजरायली सरकारले इरानी समय अनुसार बिहान ४ बजेदेखि इरानविरुद्धको अवैध युद्ध रोक्छ भने, जवाफी हमलालाई निरन्तरता दिने हाम्रो मनसाय छैन।’

इरानको सरकारी सञ्चारमाध्यमले युद्धविराम सुरु हुनुअघि नै ‘मिसाइलको अन्तिम राउण्ड’ प्रहार गरिएको बताएको छ । इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोमले यस हमलामा चार जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.