काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।
ग्राहकहरूलाई सरलिकृत सेवादिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एपप्रयोग गरी प्राप्त गर्न सक्नेछन्, । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा रु २ लाख रुपैयाँसम्म(कम्तीमा रु ५ हजार देखि)ऋण लिन सक्नेछन् ।
सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने बैंकले जनाएको छ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोगमार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रुपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको जनाएको छ ।