बिहीबार, असार १२,२०८२ 05:13:16
  • बिहीबार, असार १२,२०८२ 05:13:16
Global IME Bank Limited

‘वन स्टप सोलुसन’ले सिटिजन्स बैंकमा सेवा लिनेहरु बढे, सबै वर्गलाई चाहिने खाता उपलब्ध’

Hyundai Nepal
‘वन स्टप सोलुसन’ले सिटिजन्स बैंकमा सेवा लिनेहरु बढे, सबै वर्गलाई चाहिने खाता उपलब्ध’
Nabil Bank Limited

डिजिटल बैंकिङमा सिटिजन्स बैंक इन्टरनेशनस लिमिटेडले नयाँ फड्को मारेको छ । विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याएर बैंकले आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । अहिले सिटिजन्स बैंकको कोर सिस्टम नै डिजिटलाइज भइसकेको छ । जसका कारण ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य प्रगति देखिएको बैंकको भनाई छ ।  

अहिले ग्राहकहरु बैंकसम्म धाउन समेत नपर्ने सिस्टम सिटिजन्स बैंकले विकास विकास गरेको छ । पैसा डिपोजिट गर्न, ऋण तथा कर्जा माग र मोबाइल बैंकिङ लगायत सम्पूर्ण वित्तीय सेवाहरु घरबाटै लिन सकिने व्यवस्था ल्याएका कारण नै सिटिजन्स बैंक ग्राहकहरुसमक्ष लोकप्रिय बन्दै गएको छ ।  

ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले धेरै सुविधा भएका खाताहरु सञ्चालनमा ल्याएको छ, जसकाकारण बैंकको निक्षेप संकलनमा समेत उल्लेख्य बृद्धि देखिएको छ । निक्षेप संकलनमा उल्लेख्य बृद्धि गर्न सफल सिटिजन्स बैंकको हाल सिडि रेसियो ८५.९० प्रतिशत छ, जुन अहिले बैंकिङ्ग क्षेत्रमै सबैभन्दा धेरै हो ।

यसैबीच बैंकको निक्षेपसम्बन्धी अवस्था के कस्तो छ, भन्ने विषयमा बिजशालाले बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारसबिक्रम थापासँग कुराकानी गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

सिटिजन्स बैंकमा अहिले कति प्रकारका निक्षेप रहेका छन्?

-बैंकमा मुख्य रूपमा ४ प्रकारका निक्षेप खाता उपलब्ध छन्, जसमा बचत खाता, चालु खाता, मुद्दती खाता र अन्य खाता । हाल हाम्रो बैंकमा २३ प्रकारका बचत खाताहरु छन्, यी खाताहरु विभिन्न ग्राहकको आवश्यकताअनुसार संरचना गरिएका छन, जस्तै संरक्षित बचत खाता जसमा ५ लाख रुपैयाँसम्मको इन्स्योरेन्स सुविधा छ, त्यसैगरी अहिले हाम्रो नयाँ फ्रिलान्सर खाता विशेष गरी फ्रिलान्सिंग गर्ने व्यक्तिका लागि बनाईएको छ, फ्रिलान्सर सेभिङ अकाउन्ट मा ग्क्म् र ल्एच् दुबैमा खाता खोल्न सकिन्छ । नियमित तलब कमाउनेलाई तलव बचत खाता छ ।  

त्यस्तै, महिला वर्गलाई लक्षित गरी बनाइएको महिला बचत खाता पनि हाम्रो बैंकमा उपलब्ध छ। यस खातामार्फत महिलाहरुलाई लकर तथा अन्य विशेष सुविधा र सेवाहरु प्रदान गरिएको छ ।  

यसैगरी अन्य खाताहरु पनि छन्, जुन ग्राहकको आवश्यकताअनुसार बनाइएका छन् । प्रत्येक खाता विभिन्न सुविधा मिलाएर तयार पारिएको छ, जसले ग्राहकको विशेष आवश्यकतालाई ध्यानमा राखेर सेवा पुर्याउँछ । चालु खातामा पनि बैंकले धेरै सुविधा तथा नयाँ र नौलो विशेषता उपलब्ध गराएको छ। मुद्दती खातामा बैंकले सधै राम्रो ब्याज प्रदान गर्दै आएको छ । बैंकले हाइब्रीड बचत र मुद्दती खाताको समीश्रण भएको निक्षेप खाता पनि उपलब्ध गराएको छ।  

पैसा राख्नेले बचत खाता र मुद्दती निक्षेपमा कति ब्याजदर पाउँछ ?

-बचत खातामा ग्राहकले आफ्नो रकम कुनै पनि बेला निकासा गर्न सक्छन् र सामान्यतया कम ब्याजदर पाइन्छ तर मुद्दती निक्षेपमा रकम निश्चित समयसम्म जम्मा राख्नुपर्ने हुन्छ र त्यसमा उच्च ब्याजदर पाइन्छ ।

सटिजन्स बैंकको बचत खाताको ब्याजदर ३ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म छ भने, मुद्दती खातामा हामीले ४.५० प्रतिशतदेखि ५.६५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका छौं, जुन मुद्दतीको अवधिका आधारमा फरक पर्छ । हाम्रो विशेष डिजिटल(मोबाइल बैंकिङबाट गरिने) मुद्दतीमा १ वर्षका लागि ५.२५ प्रतिशत ब्याजदर उपलब्ध छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार विभिन्न प्रकारका बचत खाताहरुमा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दु भन्दा बढीले फरक पार्न पाइनेछैन र कुल निक्षेप बाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न पाईने छैन ।

मुद्दती निक्षेप समयअगावै फिर्ता लिन मिल्छ ?

-मुद्दती निक्षेप समयअगावै फिर्ता लिन मिल्छ, तर अवधि पूरा नगरी पैसा निकाल्नुभयो भने, तपाईंको ब्याज कम हुन सक्छ, वा केही शुल्क लाग्न सक्छ। सो सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ३ महिनाभन्दा कम समयावधिको व्यतिmगत मुद्दती निक्षेप तथा ६ महिनाभन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । साथै, मुद्दती निक्षेपको समयावधि समाप्त नहँुदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको बचत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी÷फिर्ता गर्न पाइने छैन ।

सिटिजन्स बैंकको सिडि रेसियो अहिले कस्तो छ ?

-क्रेडिट टु डिपोजिट (सिडि)रेसियोले सामान्यतया बैंकको वित्तीय स्थिरता र ऋणको वितरण क्षमताकाबारेमा संकेत गर्दछ। यसले बैंकको ऋण र निक्षेपबीचको अनुपातलाई जनाउँछ। हाल सिटिजन्स बैंकको सिडि रेसियो ८५.९० प्रतिशत छ, जुनअहिले बैंकिङ्ग क्षेत्रमै सबैभन्दा धेरै हो । यो भन्नाले बैंकले जम्मा रकमको ८५.९० प्रतिशत ऋणको रूपमा प्रयोग गरेको छ र यो नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार स्वीकार्य र सुरक्षित सीमाभित्र रहेको छ। यसले संकेत गर्दछ कि बैंकले ऋण दिने कार्य सही स्तरमा राख्दै वित्तीय स्थिरता सुनिश्चितता गर्दै काम गर्दैछ।

अहिले ब्याजदर घट्दो अवस्थामा छ, बैंकहरुमा निक्षेप पनि घटेको जस्तो देखिन्छ, सिटिजन्स बैंकको अवस्था के छ ?

-हो, नेपालमा बैंकहरुको ब्याजदर पछिल्लो केही महिनायता घट्ने क्रम चलिरहेको छ र यसको मुख्य कारण आर्थिक वातावरण, जनमानिसको आत्मविश्वास र देशको नीतिहरूसँग सम्बन्धित छ । सिटिजन्स बैंकले निक्षेप बढाउन विभिन्न योजनाहरू प्रयोगमा ल्याएको छ । ग्राहकलाई बैंकसँग जोडिराख्नका लागि नयाँ प्रडक्ट ल्याउने खालका कुरामा बैंक अगाडि पनि छ । मोबाइल बैंकिङबाट मुद्दती खाता खोल्दा बढी प्रतिशत ब्याज प्राप्त गर्न सकिने, मोबाइल बैंकिङ्गमा माई आस्वा फिचर समेत थप गरिएको छ, जसको उपयोगबाट ग्राहकहरूले हाम्रो एपमार्फत शेयरका लागि आवेदन भर्न सक्नुहुन्छ । यसले पनि बैंकको निक्षेप बढाउन सहयोग पुर्याएको छ । साथै सिटिजन्स बैंकको ट्याप एण्ड पे सर्भिसको उपयोगले मोबाइल बैंकिङबाट अफलाइन पेमेन्ट जस्ता सेवा पनि प्राप्त गर्न सकिन्छ । यसले पनि ग्राहकहरु सिटिजन्स बैंकमा खाता खोल्न र निक्षेप राख्न आकर्षित देखिनुहुन्छ ।  

त्यस्तै डिजिटलाइजेसनका कुराहरूमा पनि हामी बैंकलाई अगाडि लगिरहेका छौं ।अहिले हाम्रो भर्चुअल क्रेडिट कार्डले पनि बजारमा निकै लोकप्रियता हासिल गरेको छ । यस प्रकारका नवप्रवर्तनहरूले ग्राहकहरूको सुविधामा थप वृद्धि गर्दै बैंकिङलाई अझ सरल बनाउदै  डिजिटल बैंकिङ सेवा विस्तार गर्ने र विभिन्न किसिमका बचत योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न पहल गरेका छौं ।

योसँगै बैंकले रेमिट्यान्स डिपोजिटलाई पनि प्राथमिकतामा राख्दै आएको छ र मास बैंकिङ अप्रोच (धेरै जनमानसलाई बैंकिङ सेवामा समावेश गर्ने पद्दति)लाई अनुसरण गर्दै बचत र चल्ती खाताको निक्षेपलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको छ ।  

ग्राहकहरुले सिटिजन्स बैंकमा नै किन निक्षेप राख्ने ?

-ग्राहकहरूले सिटिजन्स बैंकमा निक्षेप राख्दा सुरक्षित सेवा, प्रतिस्पर्धात्मक ब्याजदर, सहज पहुँच, र उत्कृष्ट ग्राहक सेवा पाउँछन् । साथै बैंकको डिजिटल सेवा र शाखा नेटवर्कले पनि सुविधा दिन्छ। बैंकले समय सापेक्षित प्रडक्टहरू निरन्तर रूपमा बजारमा प्रस्तुत गर्दै आएको छ र केहि समयदेखि बैंकको डिजिटल सेवालाई अब्बल बनाउनमा ध्यान दिदै आएको छ। बैंकले स्थापानाकालदेखि नै प्रतिस्पर्धात्मक ब्याजदर र उत्कृष्ट ग्राहक सेवा बिशेष ध्यान दिंदै आएको छ। बैंकको आफ्ना स्वामित्वमा रहेको सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स सेयर ब्रोकर लिमिटेड कम्पनीहरू सञ्चालनमा रहेका छन् । बैंकका ग्राहकहरूले यी कम्पनीहरूले प्रदान गर्ने सेवाको पनि सहज रूपमा उपभोग गर्न सक्छन् । ग्राहकहरूलाई सिटिजन्स बैंकले ‘वन स्टप सोलुसन’ सेवा पनि दिंदै आएको छ। त्यसैले सिटिजन्स बैंकसँग जोडिएमा ग्राहकहरूले धरैभन्दा धरै कुराहरूको लाभ लिन सक्छन् । 

पछिल्लो समय बैंकहरुको कोर सिस्टम सुरक्षित नभएको टिप्पणी धेरै आउने गर्छ, यस्तो अवस्थामा सिटिजन्स बैंकमा राखिएको निक्षेप कतिको सुरक्षित मान्न सकिन्छ ?

-तपाईंले उठाउनुभएको सीबीएस सिस्टम र सुरक्षासँग सम्बन्धित मुद्दा अत्यन्त महत्वपूर्ण छ। सिटिजन्स बैंकले यी समस्याहरूको समाधान गर्न विभिन्न सुरक्षा उपायहरू र प्रोटोकलहरू अपनाएको छ,जसमा डेटा एन्क्रिप्सन, फायरवाल सुरक्षा, वेब एप्लिकेसन फायरवाल सुरक्षा, इन्ड पोइन्ट सुरक्षा, र अथेन्टिकेसन सिस्टम जस्ता उपायहरू समावेश छन् । यसमा प्रयोग भएका सुरक्षा उपायहरूले ग्राहकको व्यक्तिगत जानकारी र वित्तीय लेनदेनलाई उच्च स्तरको सुरक्षा प्रदान गर्छ । साथै सिटिजन्स बैंकलगायतका अन्य वाणिज्य बैंकहरू नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नै आफ्नो कोर बैंकिङ सिस्टम सञ्चालन गरिरहेका छन् । सिटिजन्स बैंकले निकै  भरपर्दो र चर्चित सीबीएस फिनाकल चलाउँदै आएको छ । नेपाल राष्ट्रबैंकको सुरक्षा मापदण्डहरूले बैंकिंग प्रणाली सुरक्षित र स्थिर होस् भन्ने सुनिश्चित गर्न समयमै इन्टरनल र एक्सटर्नल अडिट, इन्फरमेसन सेक्युरिटि आइएस अडिट, रेगुलर ट्रान्जेक्सन, नियमित कारोबार लेखा, नियमित प्रणाली स्तरोन्नति, डेटा भण्डारण डीआर ड्रिल गर्ने गरेको छ ।

घट्दो ब्याजदरका कारण अहिले निक्षेपकर्ताहरु सेयरबजार वा अन्य सेक्टरतर्फ सिफ्ट भएको देखिन्छ, यस्तो अवस्थामा बैंकलाई कतिको असर पर्छ ?

-पक्कै पनि तपाईंले भन्नुभएको कुरासँग सहमत हुन सकिन्छ । घट्दो ब्याजदरका कारणले बैंकको डिपोजिट पनि घट्ने खतरा रहन्छ । साथै ब्याजअन्तरमा पनि दबाब पर्छ । अर्को कस्टमर रिटेन्सनको चुनौती र रेभिन्यु डाइभर्सिफिकेसनको दबाब पर्छ । यदि ब्याजदर धेरै समयसम्म घटिरह्यो भने ट्रेडिसनल बैंकिङ मोडल नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । इनोभेटिभ फिनटेक समाधान र कस्टूमर केन्द्रीत मोडल्स प्रति झुकाव बढ्छ। अघि भनेको जस्तै हामीले पनि हाम्रो बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल र सिटिजन्स ब्रोकरको सर्भिसलाई रणनीतिक रूपमा प्रयोग गरेर निक्षेपकर्ताहरुलाई न्यु भ्यालु क्रियसन गरी ग्राहकहरुको अवधारणामा  ध्यान दिने समय आएको छ ।

नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तानेको तान्यै छ, यस्तो अवस्था कहिलेसम्म रहला?

-यो स्थायी अवस्था होइन । तर हालसम्म निरन्तर जारी छ । जब निजी क्षेत्र क्रेडिटमा सक्रिय हुन्छ, बैंकहरूले नेपाल राष्ट्रबैंकमा राख्ने आवश्यकता घट्नेछ । मुद्रा आपूर्ति सन्तुलित भएपछि केन्द्रीय बैंकको यो नीति क्रमशः परिवर्तन होला । यस्तो अवस्था धेरै महिनादेखि निरन्तर चल्दै आएको छ र क्रेडिट डिमाण्ड वा ब्याजदर परिवर्तन नहुँदासम्म थप केही महिना वा त्योभन्दा लामो समयसम्म यो अवस्था रहिरहने सम्भावना हुन्छ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.