काठमाण्डौ । विश्वभर चर्चित अमेरिकी रियालिटी शो को नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदैछ।निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ ।
जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन्।शार्क ट्याङ्क नेपालको प्रमुख प्रस्तुतिकर्ता ब्रान्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहनेछ । यो सहकार्यले नेपाली युवा उद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।
जसरी अपाचे आरटीआर १६० एसईले सडकमा आत्मविश्वास र शुद्धता देखाउँछ, त्यसरी नै शार्क ट्याङ्क नेपालले उदाउँदा उद्यमीहरूलाई अघि बढ्न मार्गदर्शन र अवसर दिने कम्पनीले जनाएको छ। यी दुईको साझेदारीले नेपालको भविष्यका व्यावसायिक नेताहरूका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।
शोको पहिलो सिजनमा नेपालका पाँचजना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुनेछन् । आईएमई समूहका सह–संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक, सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक, ऋतुसिंह वैद्य, र नाइम्बस समूहका प्रबन्ध निर्देशक, आनन्द बगरिया निर्यायकको भूमिकामा रहनेछन् ।