आईतवार, आश्विन १८,२०८३ 02:56:15
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 02:56:15
Bizshala
Global IME Bank Limited

रसुवामा आएको बाढीप्रति नाइमाद्वारा दुःख ब्यक्त

Bizshala
रसुवामा आएको बाढीप्रति नाइमाद्वारा दुःख ब्यक्त
New Office

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्राक्चर्स एशोसिएसन(नाइमा)ले रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुर्याएको अपुरणीय क्षतिप्रति दुःख ब्यक्त गरेको छ । नाइमाले एक विज्ञप्ती जारी गर्दै यस विपद्ले धेरै परिवारको जीवन, घर, व्यवसाय, र आशा एकैचोटि बगाएकाले पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, यो कठिन घडीमा उनीहरूलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस् भन्ने कामना गरेको छ ।  

‘यो घटनाले केवल मानवीय क्षति मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको छ। नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आ हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्। चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ,’ नाइमाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ यसका साथै नाइमाले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा आएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना, र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन आग्रह समेत गरेको छ ।  तात्कालिक रूपमा गरिहाल्नुपर्ने कैयौं आवश्यकताहरूको सन्दर्भमा निर्वाह गर्न सक्ने समन्वयकारी भूमिकाका लागि तत्पर रहेको समेत नाइमाले उल्लेख गरेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.