काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाण्डौबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन फागुन २७ गते बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका हुन् ।
यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गत देखि सेवा सुचारु गरेकोे छ ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनलस् र १७ हजार भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।