बुधबार, असार ३२,२०८२ 09:29:40
  • बुधबार, असार ३२,२०८२ 09:29:40
Global IME Bank Limited

निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी, यस्ता छन् व्यवस्था

Hyundai Nepal
निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी, यस्ता छन् व्यवस्था
Shivam Cement

काठमाण्डौ । अर्थ मन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालले यो कार्यविधि बनाएको हो ।

यो कार्यविधि अर्थ मन्त्रालयले स्विकृत गरेको मितिदेखि लागू हुनेछ ।  

किताबखानाबाट जारी भएको अधिकारपत्र बमोजिम निवृत्तभरकले इच्छाएको बैंकमा निवृत्तभरण भुक्तानी खाता खोल्न अनुसूची– १ बमोजिमको ढाँचामा निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले बैंकलाई लेखी पठाउनु पर्नेछ।

यस्तो खाता खोल्न लेखी आएमा बैंकले राष्ट्रिय परिचयपत्र नम्बर र अन्य आवश्यक कागजात लिई शून्य मौज्दातमा निवृत्तभरण भुक्तानी खाता खोलिदिनु पर्नेछ।

Muktinath Bikas Bank Limited

तर बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा नब्बे वर्ष माथिका जेष्ठ नागरिक भनी सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस भएका व्यक्ति र भारतीय निवृत्तभरकको हकमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुनेछैन।

पारिवारिक निवृत्तभरकको नाममा खाता खोल्न अनुरोध गरी पठाउँदा निवृत्तभरकको नाममा रहेको साविकको बैंक खाता बन्द गर्न समेत लेखी पठाउनु पर्नेछ ।

यस्तो खाताबाट रकम झिक्न बाहेक अन्य कुनै कारोवार गर्न पाईने छैन।

खाता सक्रिय हुने अवधि निवृत्तभरण भुक्तानी खाता निवृत्तभरकको हकमा एक वर्षसम्म र पारिवारिक निवृत्तभरकको हकमा छ महिनासम्म सक्रिय हुनेछ ।

खातालाई पूनः सुचारु गराउन निवृत्तभरक स्वयं सम्बन्धित बैंकमा उपस्थित भई अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

यस्तो निवेदन प्राप्त भएमा बैंकले अधिकारपत्र प्रमाणित गरी खाता पुनः सुचारु गरिदिनु पर्नेछ । तर, बायोमेट्रिक्स हाजिरी प्रणालीबाट खाता पुनः सुचारु गर्दा अधिकारपत्रमा प्रमाणित गर्नु पर्ने छैन।

नियोगको सिफारिसमा खाता नवीकरण हुने (१) दफा ४ बमोजिम विदेशमा रही स्वयम् उपस्थित हुन नसक्ने निवृत्तभरकले अनुसू–( ३ वमोजिमको ढाँचामा विदेश स्थित कुनै नेपाली नियोगमा निवृत्तभरण भुक्तानी खाता नवीकरणको सिफारिसको लागि निवेदन दिनु पर्नेछ ।

निवेदन प्राप्त भएमा विदेश स्थित नेपाली नियोगले निवृत्तभरक स्वयम् उपस्थित भई निवेदन दिएको व्यहोरा प्रमाणित गरी निवृत्तभरण व्यवस्थापन कार्यालयमा पठाइदिनु पर्नेछ ।

निवृत्तभरण खाता सक्रिय गराउन नसक्ने निवृत्तभरकले बैंकमा सञ्चालनमा रहेको विद्युतीय प्रणाली मार्फत भर्चुअल उपस्थिति जनाई निवृत्तभरण खाता पुनः सक्रिय गराउन सक्नेछ ।

भर्चुअल माध्यमबाट उपस्थित हुने निवृत्तभरकको आधिकारिकता पहिचान गरी बैङ्कले निवृत्तभरण खाता पुनः सुचारु गर्नु पर्नेछ। निवृत्तभरण खाता पुनः सक्रिय गराउँदा बैंकलाई तिर्नु पर्ने सेवा शुल्क सम्बन्धित निवृत्तभरकले व्यहोर्नु पर्नेछ ।

निवृत्तभरकको निवृत्तभरण रकम र सोमा प्रचलित कानून बमोजिम थप हुने रकम समेत हिसाव गरी निवृत्तभरण व्यवस्थापन कार्यालयले प्रत्येक महिनाको तेस्रो हप्तासम्ममा निवृत्तभरण भुक्तानी खातामा रकम जम्मा गरिदिनु पर्नेछ । शैक्षिक र सन्तति वृत्ति वापतको रकम निजको संरक्षकले खाता सञ्चालन गर्ने गरी भुक्तानी गर्न सकिनेछ ।

यस कार्यविधि बमोजिमको कारोबार गरे वापत बै्रंकले पाउने सेवा शुल्क मन्त्रालयले तोके बमोजिम हुनेछ । यस कार्यविधि वमोजिम निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले हिसाब मिलान गर्ने प्रयोजनको लागि निवृत्तभरकको खाताबाट सरकारी कोषमा रकम फिर्ता गर्न वा समायोजन गर्न अनुसूची ४ बमोजिमको ढाँचा बैंकलाई लेखी पठाउन सक्नेछ ।

निवृत्तभरण वा पारिवारिक निवृत्तभरण पाइरहेको निवृत्तभरकको मृत्यु भएमा निजको हकवालाले ३५ दिनभित्र निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी गराउनु पर्नेछ ।

यस्तो जानकारी प्राप्त भए पछि निवृत्तभरकको खातामा रहेको रकम हिसाव गरी पारिवारिक निवृत्तभरण पाउने व्यक्ति वा निजको हकवालालाई भुक्तानी दिनु पर्नेछ ।

आजीवन परिवारिक वा असाधारण पारिवारिक जस्ता एक भन्दा बढी अधिकारपत्रको भुक्तानी एउटै निवृत्तभरण भुक्तानी खाता मार्फत गरिनेछ ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.