काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।आज बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सर्वजनिक गरेका हुन् ।
सो समारोहमा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो । बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                