बिहीबार, श्रावण १४,२०८३ 05:30:03
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 05:30:04
Bizshala
Global IME Bank Limited

अमेरिकाबाट आयात हुने गाईको मासुमाथिको प्रतिबन्ध हटाउने अस्ट्रेलियाको घोषणा

अमेरिकाबाट आयात हुने गाईको मासुमाथिको प्रतिबन्ध हटाउने अस्ट्रेलियाको घोषणा
New Office

काठमाण्डौ । अष्ट्रेलियाले अमेरिकाबाट आयात हुने गाईको मासुमाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ।  अष्ट्रेलियाले अमेरिकाबाट आयत हुने गाईको मासुमाथि लगाएको  प्रतिबन्धका कारण ट्रम्प प्रशासन अष्ट्रेलियाप्रति आक्रोशित थियो ।

जसका कारण अमेरिका–अष्ट्रेलियाबीच  व्यापार सम्झौतामा बाधा उत्पन्न भईरहेको थियो ।  

सन् २००३ देखि अष्ट्रेलियामा अमेरिकी गाईको मासु लगभग पूर्ण रूपमा प्रतिबन्धित छ। त्यसबेला ‘म्याड काउ डिजिज’ नामक रोग फैलिएको थियो। अष्ट्रेलियामा विश्वको सबैभन्दा कडा जैविक सुरक्षा कानून छ, जसका कारण अमेरिकी गाईको मासु आयातमा प्रतिबन्ध लगाइएको थियो।

अप्रिलमा, जब ह्वाइट हाउसले अष्ट्रेलियाले ट्यारिफको बारेमा कुरा गरिरहेको थियो, अमेरिकाले यी प्रतिबन्धहरूबारे उद्धृत गरेको थियो। यद्यपि, अष्ट्रेलिया सरकारले यो निर्णयको व्यापार विवादसँग कुनै सम्बन्ध नभएको कुरा अस्वीकार गरेको छ।

अष्ट्रेलिया सरकारले यो निर्णय एक दशक लामो अनुसन्धानपछि लिएको बताएको छ । अमेरिकाले मासु सुरक्षा नियमहरूमा सुधार भएको भेटिएपछि यो निर्ण लिइएको अष्ट्रेलियाले जनाएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.