बुधबार, भाद्र २५,२०८२ 04:27:26
  • बुधबार, भाद्र २५,२०८२ 04:27:26
Global IME Bank Limited

इजरायलका रक्षामन्त्रीले पुनः दिए इरानका सर्वोच्च नेता अली खामेनीलाई मार्ने धम्की

Hyundai Nepal
इजरायलका रक्षामन्त्रीले पुनः दिए इरानका सर्वोच्च नेता अली खामेनीलाई मार्ने धम्की

काठमाण्डौ । इजरायलले फेरि एकपटक इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई मार्ने धम्की दिएको छ । यो धम्की इजरायलका रक्षामन्त्री इजरायल काट्जबाट आएको हो । काट्ज आइतबार इजरायली वायुसेनाको रामोन एयर बेसमा आइपुगेका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको उपस्थितिमा उनले आफ्नो देशलाई इरानबाट खतरा भए खामेनी सुरक्षित नहुने बताउदै जसरीपनि उनीसम्म पुग्ने बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

काट्जले भने, ‘म खामेनीलाई स्पष्ट सन्देश दिन चाहन्छु कि यदि तपाईंले इजरायललाई धम्की दिनु भयो भने हाम्रो हात फेरि एकपटक इरानसम्म पुग्नेछ । यस पटक यो अधिक बल संग हुनेछ र यस पटक हामी तपाईलाई व्यक्तिगत रूपमा पुग्नेछौं। यस्तो अवस्थामा हामीलाई धम्की नदिनुहोस् नत्र धेरै पीडा हुनेछ।’  

गत महिना जुनमा इजरायल र इरानबीच १२ दिनसम्म भीषण युद्ध भएको थियो । यस अवधिमा, इजरायलबाट खामेनीलाई निशाना बनाउने बारे निरन्तर प्रयासहरु भएका थिए । इजरायली एजेन्टहरू उनको धेरै नजिक पुगेको र आफूमाथि खतरा देखेर खामेनी युद्धको क्रममा बंकरमा सरेको समेत दाबी गरिएको थियो ।  

इजरायलका रक्षामन्त्री काट्जको अडान इरान र खामेनीप्रति लगातार आक्रामक रहेको छ। गत जुन १७ मा, उनले खामेनीलाई हत्याको धम्की दिदै उनको भाग्य पूर्व इराकी शासक सद्दाम हुसेनको जस्तै हुन सक्ने बताएका थिए । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.