बिहीबार, आश्विन १५,२०८३ 02:43:10
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 02:43:10
Bizshala
Global IME Bank Limited

इरानको आणविक कार्यक्रमलाई समर्थन गर्ने पाकिस्तानको घोषणा

Bizshala
इरानको आणविक कार्यक्रमलाई समर्थन गर्ने पाकिस्तानको घोषणा
New Office

काठमाण्डौ । पाकिस्तानले इरानको आणविक कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानलाई आणविक ऊर्जा शान्तिपूर्ण रूपमा प्रयोग गर्ने अधिकार रहेको बताएका छन्।

शाहबाज सरिफले भने, ‘शान्तिपूर्ण आणविक शक्ति हासिल गर्न पाकिस्तान इरानको साथमा छ।’ पाकिस्तानी प्रधानमन्त्रीले इरानमा भर्खरै इजरायली आक्रमणको निन्दा गर्दै देशको रक्षा गरेकोमा इरानको प्रशंसा गरे।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इरानका राष्ट्रपति मसूद पेजेस्कियान पाकिस्तानको भ्रमणमा छन् । यस अवधिमा उनले पाकिस्तानसँग धेरै सम्झौतामा हस्ताक्षर गरेका छन् । शहबाज शरीफले आतंकवाद विरुद्ध पाकिस्तान र इरानको सोच भएको बताउदै यस क्षेत्रमा शान्ति र विकासका लागि बाटो खोलिनुपर्ने बताए ।

यस्तै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इजरायलले क्षेत्रलाई अस्थिर बनाउने एजेन्डामा काम गरिरहेको बताए। उनले मुस्लिम राष्ट्रहरु शान्तिका लागि एकजुट हुनुपर्ने बताए ।

पेजेस्कियानले इजरायली आक्रमण विरुद्ध पाकिस्तानको समर्थनका लागि आफू कृतज्ञ रहेको र पाकिस्तानसँगको राम्रो सम्बन्ध इरानको विदेश नीतिको महत्वपूर्ण हिस्सा भएको बताए।

पाकिस्तानको सरकारी एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तान र इरानले १२ वटा सम्झौता र एमओयूमा हस्ताक्षर गरेका छन् ।

जसमा व्यापार, कृषि, विज्ञान, प्रविधि, नवप्रवर्तन, सूचना तथा सञ्चार र सामुद्रिक सुरक्षा र अन्य विषयमा सहकार्य हुनेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.