मंगलवार, श्रावण १९,२०८३ 12:35:03
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:35:03
Bizshala
Global IME Bank Limited

आरबीआईद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

आरबीआईद्वारा ब्याजदर स्थिर राख्ने निर्णय
New Office

काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदरमा कुनैपनि परिवर्तन नगर्ने निर्णय गरेको छ । आरबीआईले ब्याजदर ५.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको हो ।  

आरबीआईले गत जुनमा ब्याजदर ०.५० प्रतिशतले घटाएर ५.५ प्रतिशत कायम गरेको थियो ।  

अगस्ट ४ देखि ६ सम्म बसेको आरबीआईको मौद्रिक नीति समितिको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । आरबीआई गभर्नर सञ्जय मल्होत्राले आज यसबारे जानकारी दिएका हुन् ।

आरबीआईले यो वर्ष लगातार तीन पटक ब्याजदर १ प्रतिशतले घटाएको छ । फेब्रुअरीमा भएको बैठकमा ब्याजदर ६.५० प्रतिशतबाट घटाएर ६.२५ प्रतिशतमा झारेको थियो । करिब ५ वर्षपछि मौद्रिक नीति समितिले यो कटौती गरेको थियो ।  

त्यस्तै अप्रिलमा भएको बैठकमा दोस्रो पटक ब्याजदर ०.२५ प्रतिशतले घटाइएको थियो । तेस्रो दर कटौती जुनमा भएको थियो । हाल आरबीआईको रिपो दर ५.५० प्रतिशत रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.