काठमाण्डौ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा नाडा अटो शो २०२५ आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजना गरिने यस शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन्
यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब भएको नाडाले जनाएको छ । “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ नाडाको विश्वास छ ।
उन्नत प्रविधि र भविष्यतर्फको कदम
नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गरिनेछन्:
- UNITREE रोबोट्स — स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू
- Deepal eVTOL UAV — भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक
यसका अतिरिक्त:
- १९ वटा चारपांग्रे ब्रान्डहरू
- १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू
- ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू
- ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू)
- १२५ भन्दा बढी प्रदर्शकहरू
- १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा
३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ।
सशक्त साझेदारी र व्यवस्थापन
कार्यक्रम निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ:
- Title Sponsor: UNITREE (MAW Vriddhi)
- Co-Sponsor: Shikhar Insurance Company Ltd.
- Powered By: Campa Cola
- Mobility Partner: Yango
- Exclusive Ticketing Partner: Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक)
- Official Internet Partner: WorldLink
- Surveillance Partner: CCTV Nepal
- Fire Safety Partner : Himalayan Safety Solutions Pvt. Ltd.
- Hospital Partner: Kist Hospital
- Hospitality Partner: The Plaza
- Door Prize: Nepal Lube Oil Limited (provide free lubricants in every service for one year for 12 lucky winners)
- Event Managed by: Global Exposition & Management Services Pvt. Ltd. (GEMS)
सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था
सुविधाजनक जोन विभाजन: चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदि
- टिकट प्रि-बुकिङ: खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने
- मिडिया डेस्क: सञ्चारकर्मीहरूको समन्वयका लागि
- ट्राफिक सूचना डेस्क: महानगरीय ट्राफिक प्रहरी साझेदारीमा
- आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रण व्यवस्था
प्रमुख आकर्षणहरू
- विन्टेज मोटर शो — ऐतिहासिक सवारी साधनहरूको प्रदर्शन:
- Morris Minor
- Fiat
- Peugeot
- Beetle
- Mini Cooper
- Toyota RT
- Mercedes Benz
- Toyota RT40
- VW Bus
- Toyota Corolla
- Mazda Familia
- Toyota MR2
- Made in Nepal Pavilion — स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी
- International Business Pavilion— अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलो
- सेमिनार, कार्यशाला, अन्तरक्रिया — ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित
- दैनिक भाग्यशाली विजेता घोषणा — एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा (Nepal Lube Oil Ltd. द्वारा प्रायोजित)