IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 02:41:53
IME remit
Global IME Bank Limited

प्रभु बैंकको नाफामा ९६५.४१% को उछाल, वितरणयोग्य मुनाफा ३ अर्ब बढी

Hyundai Nepal
प्रभु बैंकको नाफामा ९६५.४१% को उछाल, वितरणयोग्य मुनाफा ३ अर्ब बढी
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ५ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको  तुलनामा ९६५.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म बैंकले ५१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

चौथो त्रैमाससम्म बैंकले ७ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ३९.८७ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ११ अर्ब ८९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । अघिल्लो आवमा १ अर्ब ९१ करोड रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर २ अर्ब २१ करोड पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी १३ अर्ब ८ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकको रिटेन्ड अर्निङ १ अर्ब ४ करोड र रिजर्भको आकार १३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ३ अर्ब ५० करोड रुपैयाँबाट बढेर ३ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २ खर्ब २१ अर्बबाट बढेर २ खर्ब ३० अर्ब पुगेको छ ।  

यस बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २ करोड रुपैयाँले ऋणात्मक थियो । बैंकले लाभांश क्षमता समेत ४.४४ प्रतिशत पुर्याएको छ ।    

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.९४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.९६ प्रतिशत पुगेको छ ।  

बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य सुधार भएको छ । अघिल्लो आवमा २.१७ रुपैयाँ रहेको ईपीएस बढेर २३.१२ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ, ,पिई रेसियो ९.६० गुणा र तरलता अनुपात ३९.८१ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.