काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्यउपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ प्रदान गरेको छ ।
बैंकले आगामी वैशाख ७ गते मनाउने लागेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबीलाईफ होममा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए ।
बैंकले एक समारोहका बीच २ लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो ।
बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।