काठमाण्डौ । चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको र यसले अरु कुनै देशलाई असर नगर्ने बताएका छन् । वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानी विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा लगाएको करको प्रभाव समयसँगै खुल्ने तर यसले भारतको रुससँगको मित्रतालाई बलियो बनाएको र चीनसँगको तनावलाई पनि कम गरेको बताए ।
वाङ यी मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर अफगानिस्तान र त्यहाँबाट पाकिस्तान गएका थिए।