आईतवार, फाल्गुन ३,२०८२ 08:26:21
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:26:21
Bizshala
Global IME Bank Limited

नुवाकोट उवासंघका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा

नुवाकोट उवासंघका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा
Shivam Cement

काठमाण्डौ । नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले आइतबार भक्तपुर उद्योग वाणिज्य संघको अवलोकन भ्रमण गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली भक्तपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा आएको हो ।  

भ्रमण टोलीलाई स्वागत गर्दै भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी मैयाँ धौबञ्जाले भक्तपुर उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी, व्यवसायीहरुको हकहित र संरक्षणका लागि गर्दै आएको कार्यहरुबारे जानकारी गराइन् । साथै, उनले व्यवसायिक, आर्थिक र सामाजिक क्षेत्रको विकासका लागि पछिल्लो समय भक्तपुर उद्योग वाणिज्य संघले गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा स्पष्ट पारिन् ।  

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले भक्तपुर उद्योग वाणिज्य संघबाट केही सिक्ने र दुई संघबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यका साथ आफूहरु अध्ययन अवलोकन भ्रमणमा आएको बताए । भक्तपुर उद्योग वाणिज्य संघको भ्रमणबाट दुई संघबीचको सम्बन्ध विस्तारमा थप मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनले नुवाकोट उद्योग वाणिज्य संघले जिल्लाको उद्योग, व्यवसायको विकास तथा सम्वद्र्धनका लागि गर्दै आएको गतिविधिहरुबारे जानकारी गराउँदै देशमै पहिलो आईएसओ प्राप्त उद्योग वाणिज्य संघको रुपमा रहेको भक्तपुर उद्योग वाणिज्य संघले गरिरहेको गतिविधि र हासिल गरेका उपलब्धिको प्रशंसा गरे ।  

भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धरले देशका विभिन्न जिल्लामा रहेका उद्योगी, व्यवसायीहरुबीच समय समयमा भेटघाट तथा उद्योग व्यवसायको विकासका लागि समसामयिक छलफल भइरहनुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुले प्राप्त अवसरलाई सदुपयोग गर्दै व्यवसायमार्फत आर्थिक विकाससँगसँगै सामाजिक क्षेत्रको विकासमा पनि टेवा पुर्याउनुपर्ने बताए ।  

भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेशहरि प्रजापति, महासचिव नविन प्रजापतिलगायतले नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु भक्तपुर उद्योग वाणिज्य संघको अवलोकन भ्रमणमा आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा दुई संघले जिल्लाको आर्थिक विकासका लागि एकआपसमा सहयोग आदानप्रदान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।  

सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष धौबन्जाले नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठलाई मायाको चिनोस्वरुप मयुर झ्याल प्रदान गरिन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.