बुधबार, श्रावण २०,२०८३ 10:23:58
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:23:58
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकले सेयरधनीलाई दशैंखर्च दिने, साथमा बोनस उपहार

एभरेष्ट बैंकले सेयरधनीलाई दशैंखर्च दिने, साथमा बोनस उपहार
New Office

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले दशैंअघि नै सेयरधनीलाई बोनस खुवाउने भएको छ । 

आफ्ना सेयरधनीले दशैंखर्च समेत पाउन् र दशैंको सौगातको रुपमा बोनस सेयर पनि पाउन् भन्ने उद्देश्यले एभरेष्ट बैंकले यस्तो तयारी गरेको हो । 

यो बैंकलाई नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण(वासलात)का लागि प्रारम्भिक स्वीकृति(प्रिलिमिनरी अप्रूभल) दिएको छ ।

आइतबार राष्ट्रबैंकबाट यस्तो स्वीकृति आएपछि बैंक चाँडोभन्दा चाँडो लाभांश घोषणा गरेर दशैंअघि नै लाभांश खुवाउने तयारीमा जुटेको हो। 

वासलातलाई प्रारम्भिक स्वीकृति आएसँगै बैंकको यही साता सञ्चालक समितिको बैठक बस्नेछ । सो बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्नेछ । 

यो बैंकले गत वर्षको नाफाबाट ४० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनाएको छ । तर, सबै लाभांशको रुपमा आउने सम्भावना छैन। 

बैंकले विगतदेखि नै नगद लाभांशमा समेत जोड दिंदै आएको छ । यसर्थ, यसपटक पनि २०–२५ प्रतिशतको हाराहारीमा एभरेष्ट बैंकले लाभांश घोषणा गर्ने र त्यसमा नगद लाभांशको मात्रा पनि राम्रै हुनसक्ने अनुमान गरिएको छ । 

एभरेष्ट बैंक बोनस सेयर मात्र दिएर आफ्नो पूँजीको साइज धेरै ठूलो बनाउने पक्षमा छैन । त्यसकारण यो बैंकको सेयर किनेर बसेकाहरुले दशैंअघि उपहारको रुपमा केही बोनस सेयर पाउनेछन् भने ‘दशैं खर्च’को रुपमा नगद लाभांश समेत पाउनेछन् । 

‘सञ्चालक समितिबाट लाभांशको निर्णय भएपछि हामी द्रूत गतिमा बाँकी काम अगाडि बढाउने सोंचमा छौं ।’ बैंकस्थित स्रोतले भन्यो–‘दशैंअघि नै वार्षिक साधारणसभा समेत सम्पन्न गर्ने गरी हाम्रो तयारी अगाडि बढेको छ ।’ 

सञ्चालक समितिबाट घोषित लाभांश वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने प्रक्रिया रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.