काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाट काठमाण्डौमा स्थित पाँचतारे होटल दुसित प्रिन्सेस काठमाण्डौबीच बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु ( रेष्टुरेन्ट,आवाश तथा अन्य सुविधा)प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेसका तर्फबाट उक्त होटल काक्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल दुसितप्रिन्सेस काठमाण्डौमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।
साथै बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।