मंगलवार, आश्विन २८,२०८२ 12:33:53
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 12:33:53
IME remit
Global IME Bank Limited

जेनजी आन्दोलनः पुनःनिर्माणमा जुट्यो कामना सेवा विकास बैंक

Hyundai Nepal
जेनजी आन्दोलनः पुनःनिर्माणमा जुट्यो कामना सेवा विकास बैंक
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ ।

बैंकले जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय, मोरङको कार्यालय मर्मत सम्भार समेत गर्ने भएको छ । मालपोत कार्यालय विराटनगरका तर्फवाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फबाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुषालले पुनःनिर्माणको लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।  

हाल कार्यलय जलेर नष्ट भएको विवरण संकलनको कार्य भईरहेको र विवरण संकलनपश्चात पुनःनिर्माणको काम सुरु हुने बैंकले जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

साथै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा, तत्काल आवश्यक कम्प्युटर बैंकका कोशीप्रदेश प्रमुख खिमलाल भुषालले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरे । सो अवसरमा डिएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरे ।  

त्यसैगरी, बैंकका प्रदेश प्रमुख भुषालले कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै, पथरीस्थित इलाका प्रहरी कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । उक्त हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकृतहरु, बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण तथा मर्मत सम्भार गर्नको लागि सहकार्य गर्ने समेत जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.