बिहीबार, असार ११,२०८३ 12:24:17
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:24:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भदौ २४ को जेनजी आन्दोलनमा बैंक तथा व्यवसायिक क्षेत्रको क्षति बुझ्दै गभर्नर, भेटे उद्योगी र बैंकर

Laxmi Sunrise Bank Limited
भदौ २४ को जेनजी आन्दोलनमा बैंक तथा व्यवसायिक क्षेत्रको क्षति बुझ्दै गभर्नर, भेटे उद्योगी र बैंकर

काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बैंक तथा वित्तीय संस्था तथा व्यवसायिक क्षेत्रमा परेको क्षति मूल्यांकन गर्न नेपाल राष्ट्र बैंक सक्रिय भएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार बैंकिङ क्षेत्रका प्रतिनिधि र उद्योगी व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल गर्दै घटनाबारे जानकारी लिएका छन्।

New Office
CG Motors
Garima Development Bank

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार आन्दोलनका क्रममा वित्तीय क्षेत्रमा भएको भौतिक क्षतिको विवरण संकलन सुरु गरिएको छ। यसै क्रममा गभर्नर पौडेलले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ तथा विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका थिए। बैठकमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी, सानिमा बैंकका निश्चलराज पाण्डे, गरिमा विकास बैंकका माधव उपाध्यायलगायत उपस्थित थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, उद्योग र व्यापार क्षेत्रमा भएको असर बुझ्न गभर्नरले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए। उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेस अग्रवाल, उद्योग परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेसहित व्यवसायी सतिस मोर, दिपक मलहोत्रा र प्रवलजंग पाण्डे समेत सहभागी थिए।

नेपाल बैंकर्स संघले दिएको विवरणअनुसार आन्दोलनका कारण ६५ वटा बैंक शाखा तथा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको छ। जसमा ४० वटा एक्सटेन्सन काउन्टर र २५ वटा शाखा कार्यालय छन्। साथै, करिब ४५ वटा एटीएम तोडफोडमा परेका छन्। आन्दोलन हिंस्रक बनेपछि निजी तथा सरकारी कार्यालयहरूसँगै सयौँ व्यावसायिक भवनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.