काठमाण्डौ । अमेरिकी हाउजिङ बजारमा ५ वर्षको अवधिमा उछाल आएको छ । सन् २०२० को तुलनामा ५७ प्रतिशतले उछाल आएको हो ।
अमेरिकी हाउजिङ बजारको तथ्यांकका अनुसार गएको ५ वर्षमा २० ट्रिलियनले बढेर अमेरिकी हाउजिङ बजारको भ्यालु ५५ ट्रिलियन पुगेको हो । यो हाउजिङ बजार इतिहासकै उच्च हो । यसरी उच्च दरमा हाउजिङको मूल्य बढ्ने राज्यमा क्रमश ः न्यूयोर्क , न्यूजर्सी , इलिनोइज र पेन्सेलभेनिया रहेका छन् ।
यी राज्यको तुलनामा प्राकृतिक प्रोकप र हावापानीको कारण टेक्सस , फ्लोरिडा, क्यालिर्फोनियामा घरहरुको मूल्यमा भने केही उतारचढाव आएको अमेरिकी हाउजिङ तथ्यांक विभागले जनाएको छ ।