काठमाण्डौ । आगजनीमा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एकजना व्यक्तिको शव भेटिएको छ । उक्त भवनको सरसफाइ गर्ने क्रममा दोस्रो तल्लामा शव भेटिएको हो ।
शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केट मार्केटमा आगजनी तथा तोडफोड भएको थियो । उक्त शव लुटपाटमा गएका व्यक्तिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवको पहिचान भने हुन सकेको छैन ।
आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटलाई लक्षित गरेर देशभर तोडफोड तथा आगजनी भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।