काठमाण्डौ । नेपालीहरुको महान पर्व विजयादशमीको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो । सामितिका अनुसार नेपालका लागि दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।
देवी विसर्जनको साइत विजया दशमीका दिन बिहान ९ः२३ बजे रहेको छ । टिका लगाई माग्ने व्यक्ति पूर्व दिशमा फर्कनु पर्ने समितिले जनाएको छ ।
यो वर्ष घटस्थापना असोज ६ गते रहेको छ । घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।