बिहीबार, श्रावण २१,२०८३ 05:06:09
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:06:09
Bizshala
Global IME Bank Limited

भाटभटेनीका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने

भाटभटेनीका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने
New Office

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रमममा आगजनी तथा तोडफोड भएका भाटभटेनी सुपरमार्केट स्टोरका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने तथा सेवासुविधाबाट बञ्चित नहुनु पर्ने भएको छ ।  

कम्पनीले उक्त स्टोरहरु सञ्चालनमा नआईसकेता पनि कर्मचारीहरुले जागिर गुमाउनु नपर्ने जनाएको हो ।  

हाल भाटभटेनीमा १० हजार कर्मचारी कार्यरत छन् । आगजनी र तोडफोडका कारण रोजीरोटी गुम्ने त्रासमा रहेका कर्मचारी जागिर नगुम्ने भएसँगै उत्साहित भएका छन् ।  

आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा सुपरस्टोरमा आगजनी,लुटपात तथा तोडफोड भएको थियो । जसबाट कम्पनीलाई करडौंको क्षति पुगेको छ । देशभर कम्पनीका २८ वटा सुपरस्टोर रहेका छन् ।  

हाल भाटभटेनीका १६ वटा सुपरस्टोर सञ्चालनमा आएका छन् भने अझै १२ वटा स्टोर बन्द अवस्थामा छन् । बन्द भएका सुपरस्टोरका कर्मचारीलाई खुला भएकोमा काममा लगाइएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.