काठमाण्डौ । रागासा आँधीले दक्षिणी चीनको ग्वाङडोङ प्रान्तको याङजियाङ सहरमा क्षति पुगेको छ । यो आँधी याङजियाङ पुग्दा यसको गति १४४ किलोमिटर प्रतिघण्टा थियो।
ग्वाङडोङ प्रान्तमा आँधी आउनुअघि करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। ताइवानमा आएको आँधीका कारण तालको बाँध भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
यस्तै हङकङ नजिकै आएको आँधी र भारी वर्षाका कारण ६२ जना घाइते भएका छन् । स्थानीय मानिसहरूलाई यस्तो आँधीको बानी परेको भए पनि भविष्यमा यसको खतरा बढ्न सक्ने जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।