मंगलवार, आश्विन २८,२०८२ 03:17:34
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:17:34
IME remit
Global IME Bank Limited

सहकारीको प्रभावकारी नियमनका लागि आईक्यान र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी

Hyundai Nepal
सहकारीको प्रभावकारी नियमनका लागि आईक्यान र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी
Shivam Cement

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

आईक्यानका अध्यक्ष,सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष, डा. खगराज शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा प्राधिकारणका तर्फबाट सदस्य(सहकारी विज्ञ), डा. रमेश चौलागाई, सदस्य, महेश खनाल र कार्यकारी निर्देशक, डा. शेषनारायण पौडेल उपस्थित थिए । आईक्यानका तर्फबाट उपाध्यक्ष,  सिएआनन्द राजशर्मा वाग्ले, कार्यकारी निर्देशक, सिए विमल डंगोल, प्रशासन निर्देशक, विनोद प्रसाद न्यौपाने, प्राविधिक निर्देशक, सिए किरणकुमार खत्री र उपनिर्देशक, सिए सन्तोष विष्टको सहभागी थिए ।

Shivam Cement
Bizshala
CG Motors

सहकारी ऐन, २०७४ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुरूप सहकारीहरूको नियामकीय र सुपरिवेक्षयकीय संयन्त्रलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो । यो सहकार्यले प्राधिकरणमा नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट), नियामक मापदण्डको विकास,अनुगमनर सुपरिवेक्षणको लागि प्राविधिक सहयोग र नेपाली वित्तीय प्रतिवेदन मानक NFRS_, NFRS for SMEs, NAS for ME र अन्य वित्तीय मानकहरु लागू गर्र्ने लगायतका क्षेत्रहरु समेट्नेछ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट) को लागि रोस्टर तयार गर्न प्राधिकरण र आइक्यानबीच समन्वय कायम गर्ने,प्राधिकरणको नियामकीय परीक्षण प्रभावकारी बनाउन विभिन्न मापदण्ड, विनियम, मार्गदर्शन आदितर्जुमा गर्न संस्थाले सहयोग गर्नेरसहकारी संस्थाहरुको नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने सम्बन्धमा सहकार्य गर्नेयस समझदारीपत्रका प्रमुख उद्देश्यहरू रहेका छन् ।

सो अवसरमा प्राधिकरणका अध्यक्षले यो सहकार्यले सहकारी क्षेत्रको सुरक्षा गर्ने प्राधिकरणको क्षमतालाई बलियो बनाउने र सदस्य र निक्षेपकर्ताको हितको रक्षा गर्ने कुरामा जोड दिए । उनले अर्थतन्त्रमा वित्तीय स्थिरता कायम राख्न सहकारीको प्रभावकारी नियमन महत्त्वपूर्ण हुने बताए ।

त्यस्तै, आइक्यानका अध्यक्षले सहकारी क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न, तथा सहकारी ऐनमा तोकिएबमोजिम नियामकीय परीक्षण (पुडेन्सियल अडिट) गर्न रोस्टर तयार गर्न सहयोग गर्न, लेखापरीक्षण र वित्तीय प्रतिवेदन मापदण्डहरूमा आफ्नो प्राविधिक विशेषज्ञता योगदान गर्न आइक्यान प्रतिबद्ध रहेको बताए । उनले यो साझेदारी नेपालको अर्थतन्त्रमा सुशासन र वित्तीय अनुशासनलाई प्रवर्धर्न गर्ने आक्यानको भूमिकासँग गाँसिएको पनि उल्लेख गरे ।

यो समझदारीपत्रलाई दुवै संस्थाको निम्ति महत्वपूर्ण मानिएको छ । यसले नेपालको वित्तीय प्रणाली र आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने, सहकारी क्षेत्रमा विद्यमान रहेको अनिमियता कम गर्दै विश्वास बढाउनु र संस्थाका सदस्यहरुको पेशागत व्यवसायको क्षत्र अझै फराकिलो हुने अपेक्षा गरिएको छ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.