मंगलवार, आश्विन १३,२०८३ 09:41:14
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:41:14
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकमा स्तरोन्नति हुँदै मुक्तिनाथ विकास बैंक !

Bizshala
वाणिज्य बैंकमा स्तरोन्नति हुँदै मुक्तिनाथ विकास बैंक !
New Office

काठमाण्डौ । विकास बैंकहरुमध्ये निकै राम्रो वित्तीय प्रदर्शन गरिरहेको र उस्तै ब्राण्ड भ्यालू रहेको मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ ।  

यो विकास बैंकले आगामी कात्तिक १५ गते आफ्नो १९ औं वार्षिक साधारणसभा घोषणा गर्दै विशेष प्रस्तावको रुपमा विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति हुने विषय समेत समावेश गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.५३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव समेत साधारणसभाबाट पारित गर्ने कार्यसूची छ । प्रस्तावित बोनस सेयर पारित भएपछि बैंकको चुक्तापूँजी ८ अर्ब माथि पुग्नेछ । 

यस्तै, गत वर्ष पारित भएको १ अर्ब रुपैयाँको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी भए पश्चात बैंकको जारी तथा चुक्तापूँजी ९ अर्ब ३ लाख ६८ हजार पुग्नेछ । वाणिज्य बैंक बन्न न्यूनतम ८ अर्ब चुक्तापूँजी भए पुग्छ ।  

'तोकिएको पूँजी समेत पुगेपछि मुक्तिनाथले आफूलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढाउने प्रस्ताव पारित गरेर अगाडि बढ्ने तदारुकता देखाएको हो । विकास बैंकको १९ औं साधारणसभामा प्रस्ताव भएबमोजिम पूँजी वृद्धि पश्चात नेपाल राष्टबैंकले तोकेको प्रावधानअनुसार यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने ।'-विशेष प्रस्तावको बुँदा नम्बर ३ मा भनिएको छ । 

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष र सञ्चालकहरुको सेवासुविधा पुनरावलोकन गर्ने प्रस्ताव पेश हुँदैछ ।  

बैंकले यो पटकको साधारणसभामा पनि मर्जर वा एक्वीजिसनको विषय समेत समेटेको छ । वाणिज्य बैंकमा स्तरोन्नति हुँदै गर्दा  साना संस्थालाई आफूमा गाभेर बैंक अगाडि बढ्ने रणनीतिमा रहेको यसले देखाउँछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.