शनिबार, बैशाख ५,२०८३ 10:49:01
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:49:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२०१९ पछि पहिलो पटक अमेरिकामा ‘गभर्मेन्ट सट-डाउन', हजारौंले रोजगारी गुमाउँदै

Bizshala
२०१९ पछि पहिलो पटक अमेरिकामा ‘गभर्मेन्ट सट-डाउन', हजारौंले रोजगारी गुमाउँदै
Shivam Cement

वाशिङटन । अमेरिकामा पुनः ‘गभर्न्मन्ट शटडाउन’ सुरु भएको छ। सेप्टेम्बर ३० को मध्यरातदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको यस अवस्थाले सरकारी गतिविधि आंशिक रूपमा ठप्प बनाएको छ।

सिनेटबाट बजेट पारित गर्ने प्रयास असफल भएपछि यस्तो परिस्थिति सिर्जना भएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको रिपब्लिकन पार्टी र विपक्षी डेमोक्र्याटबीचको गहिरो विवादकै कारण सरकार सञ्चालनमै संकट आएको बताइन्छ। दुवै पक्षले शटडाउनको दोष एकअर्कामाथि थोपरेका छन्।

शटडाउन सुरु भएसँगै ह्वाइट हाउसले आफ्नो आधिकारिक वेबसाइटमा यसको अवधि देखाउने घडी नै राखेको छ। यसले देशमा उत्पन्न असामान्य परिस्थितिको दृश्य प्रतीक बनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कुन सेवामा असर?

यो अवस्थाले सीमा सुरक्षा, स्वास्थ्य उपचार, प्रहरी प्रशासन र एअर ट्राफिक कन्ट्रोलजस्ता अत्यावश्यक सेवामा तत्काल प्रभाव नपर्ने बताइएको छ। सामाजिक सुरक्षा र ‘मेडिकेयर’ जस्ता वृद्ध नागरिकका लागि स्वास्थ्य सेवामा पनि बजेट निरन्तर रहनेछ। तर सेवाग्राहीलाई आवश्यक प्रमाणीकरण तथा प्रमाणपत्र वितरण भने रोकिन सक्छ।

अत्यावश्यक नभएका सरकारी कर्मचारीलाई बेतलबी बिदा दिन सकिने र केहीलाई तलब नदिई काममा निरन्तर राख्नुपर्ने अवस्था आउन सक्छ। यसले खाद्यसेवा, विद्यालय सहयोग, विद्यार्थी ऋण कार्यक्रम र राष्ट्रिय निकुञ्ज संचालनजस्ता क्षेत्र प्रत्यक्ष प्रभावित हुने सम्भावना छ।

ट्रम्पको चेतावनी

सन् २०१८–१९ पछि पहिलोपटक उत्पन्न भएको यस अवस्थामा राष्ट्रपति ट्रम्पले यसपालि थप कडा चेतावनी दिएका छन्। उनका अनुसार, “शटडाउनका कारण धेरै कर्मचारीलाई फिर्ता नहुने गरी कामबाट हटाउन सकिन्छ।” विगतमा यस्तो परिस्थितिमा पछि सबै कर्मचारीलाई तलब दिइए पनि यसपटक त्यस्तो नहुने संकेत उनले दिएका छन्।

CG Motors
Garima Development Bank
IME remit

राजनीतिक दोषारोपण

राष्ट्रपति ट्रम्पले यसको दोष विपक्षी डेमोक्र्याटमाथि थोपरेका छन्। तर डेमोक्र्याटहरू भन्छन्- “बजेट असफल हुनु रिपब्लिकनको हठकै परिणाम हो।”

सिनेटमा बजेट पारित गर्न ६० मत आवश्यक थियो। रिपब्लिकनसँग ५३ मात्र सांसद भएकाले डेमोक्र्याटहरूको सहयोग अपरिहार्य थियो। विपक्षी दलले स्वास्थ्य र सामाजिक सेवाका कार्यक्रममा कटौती गर्ने रिपब्लिकनको अजेन्डा अस्वीकार गर्दै सहयोग नगरेको बुझिन्छ।

डेमोक्र्याटहरूलाई सबैभन्दा आपत्ति स्वास्थ्य निकाय सीडीसी, नेशनल इन्स्टिट्यूट अफ हेल्थ र मेडिकेड को बजेट कटौतीमा छ। तर रिपब्लिकन पक्षले यी मागलाई बेवास्ता गर्दै, बरु शटडाउनकै कारण विपक्षीमाथि जनआक्रोश बढ्ने आकलन गरेको देखिन्छ।

यसरी, अमेरिकी राजनीतिक ध्रुवीकरणको नयाँ अध्याय अहिले “गभर्न्मन्ट शटडाउन” का रूपमा देखा परेको छ, जसको प्रभाव लाखौं अमेरिकी नागरिक र हजारौं सरकारी कर्मचारीले भोग्नुपर्नेछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.