बुधबार, श्रावण २०,२०८३ 11:09:23
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:09:23
Bizshala
Global IME Bank Limited

गाजाबाट आंशिक रुपमा फिर्ता भयो इजरायली सेना

गाजाबाट आंशिक रुपमा फिर्ता भयो इजरायली सेना
New Office

काठमाण्डौ । इजरायल र हमासबीच युद्धविरामको घोषणा र बन्धकहरूलाई रिहा गर्ने सम्झौता भएपछि गाजाका जनता खुसी भएका छन् । तर अहिले त्यो अस्थिरतामा परिणत भएको छ ।

इजरायली सेनाले गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता सुरु गरेको छ । इजरायली सेना गाजा सहरको बाहिरी इलाकाबाट उत्तर-पश्चिम र पूर्वमा येलो लाइनतर्फ फर्किएको स्थानीयहरूले बताए। इजरायली सेनाले सम्झौता अनुसार यो कदम चालेको हो।

यद्यपि, सम्झौता अन्तर्गत इजरायली सेनाले पछि हट्ने धेरै क्षेत्रमा अझै पनि सशस्त्र गाडी र ट्याङ्कहरू तैनाथ छन्। यसमा खान युनिस र दक्षिणी गाजाको तटीय क्षेत्रहरू समावेश छन्। स्थानीय बासिन्दाले तटीय इलाकमा तैनाथ ट्याङ्कले शुक्रबार बिहान गोलाबारी गरेको र यसमा सयौंजना विस्थापित भएको बताएका छन् ।  

युद्धविरामको घोषणाका बावजूद, उत्तर तथा दक्षिण गाजाका केह िक्षेत्रमा शुक्रवार पनि बमबारीको आवाज सुनिएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.