बिहीबार, असार ११,२०८३ 05:49:31
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:49:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्व बैंक वार्षिक बैठकमा ढकालको सक्रियता : वैदेशिक लगानीका लागि सहकार्यको अपील

Laxmi Sunrise Bank Limited
विश्व बैंक वार्षिक बैठकमा ढकालको सक्रियता : वैदेशिक लगानीका लागि सहकार्यको अपील

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र र पूर्वाधारमा लगानी भित्र्याउन बहुपक्षीय संस्थाहरूसँग सहकार्य अपरिहार्य रहेको बताएका छन्। संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी हुँदै ढकालले यी क्षेत्रमा निजी क्षेत्रको विकास र दिगो आर्थिक वृद्धिका लागि अन्तर्राष्ट्रिय साझेदारीको महत्वमाथि जोड दिए।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री रामेश्वर खनाल, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव डा. घनश्याम उपाध्यायलगायत उच्च अधिकारीहरूसँगै सहभागी ढकालले विश्व बैंक समूह, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गरे। उनले नेपालको आर्थिक सम्भावना, वित्तीय क्षेत्रको सुदृढीकरण र दिगो लगानीका अवसरहरूबारे छलफल गरे।

New Office
CG Motors
Garima Development Bank

“यो बैठकमा विश्व आर्थिक परिदृश्य, वित्तीय स्रोत परिचालन र निजी क्षेत्रको भूमिकाबारे गहन छलफल भयो। हामीले नेपालको आर्थिक प्राथमिकता र अवसरहरू सशक्त रूपमा प्रस्तुत गरेका छौँ,” ढकालले भने। उनले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) का प्रबन्ध निर्देशक नादाबा म्पोफु र युरोपियन सेन्ट्रल बैंक (ईसीबी) का अध्यक्ष क्रिस्टिन लगार्डसँग पनि भेटघाट गरेका थिए।

२५औँ विश्व बैंक वार्षिक बैठकमा नेपालको सहभागिताले दिगो विकास र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको सम्बन्धलाई थप गहिरो बनाउने अवसर प्रदान गरेको छ। ढकालका अनुसार, यस्ता छलफलले वैदेशिक लगानी र सहकार्यको ढोका खोल्नेछ, जसले नेपाललाई आर्थिक अवसरको उदीयमान केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

महासंघले यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय सहभागिताले नेपालको आर्थिक कूटनीति बलियो बनाउन, वैदेशिक लगानी आकर्षित गर्न र निजी क्षेत्र–बहुपक्षीय संस्थाबीचको सहकार्यलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.