काठमाण्डौ । विश्व धातु बजार र उत्खनन उद्योगले गत वर्ष दुई दशक यताकै उत्कृष्ठ वित्तीय प्रदर्शन गरेका छन् । हालै सार्वजनिक भएको म्याककिन्सेको प्रतिवेदन,‘ग्लोबल म्याटेरियल पर्सपेक्टिभ २०२५’का अनुसार विश्व धातु बजारले आम्दानीमा आएको ६ प्रतिशतको गिरावटका बाबजुत ७०० बिलियन डलर आर्जन गर्न सफल भएका हुन् ।
नाफामा उच्च वृद्धि देखिएतापनि धातु उद्योगले ग्रेडमा आईरहेको गिरावट, जोखिमपूर्ण उत्खनन वातावरण र वातावरण र श्रम बजारप्रतिको कठोर नियमले गर्दा यस उद्योगका चुनौतीहरु बढिरहेको प्रतिवेदनमा उल्लेख छ । यी चुनौतिहरुले मूल्यवृद्धि र मार्जिनमा संकुचन आईरहेको समेत प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा प्रविधिमा लगानी बढे, विद्युतीकरण र डिजिटल टुल्समा बढावा दिएभने उत्पादकत्व बढाउने सकिने जनाइएको छ । पछिल्लो समय कोइला र स्टिल जस्ता धातुबाट तामा, सुन र आल्मुनियमतर्फ नाफा बढिरहेको छ ।
क्षेत्रीयगत बदलावले समेत यो उदोगलाई पुनर्संरचना गरिरहेको छ । चीन र उत्तर अमेरिकाको हिस्सा बढेको छ भने युरोपको ११ प्रतिशतले घटेको छ ।
धातुको मागमा भने एशियाली राष्ट्रहरुको दबदबा रहने जनाइएको छ । सन् २०३५ सम्म एशियाबाट ४५ प्रतिशत माग हुने आँकलन गरिएको छ । यो माग पुरा गर्नका लागि ४.७ ट्रिलियन डलर पूँजी, २७० गिगावाट पावर र ३ लाख ५० हजार जनशक्ति आवश्यक पर्नेछ ।