सोमबार, फाल्गुन ४,२०८२ 02:19:36
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:19:36
Bizshala
Global IME Bank Limited

विश्वभरका धातु उत्खननकर्ताले एकै वर्षमा कमाए ७०० बिलियन डलर नाफा

विश्वभरका धातु उत्खननकर्ताले एकै वर्षमा कमाए ७०० बिलियन डलर नाफा
Shivam Cement

काठमाण्डौ । विश्व धातु बजार र उत्खनन उद्योगले गत वर्ष दुई दशक यताकै उत्कृष्ठ वित्तीय प्रदर्शन गरेका छन् । हालै सार्वजनिक भएको म्याककिन्सेको प्रतिवेदन,‘ग्लोबल म्याटेरियल पर्सपेक्टिभ २०२५’का अनुसार विश्व धातु बजारले आम्दानीमा आएको ६ प्रतिशतको गिरावटका बाबजुत ७०० बिलियन डलर आर्जन गर्न सफल भएका हुन् ।  

नाफामा उच्च वृद्धि देखिएतापनि धातु उद्योगले ग्रेडमा आईरहेको गिरावट, जोखिमपूर्ण उत्खनन वातावरण र वातावरण र श्रम बजारप्रतिको कठोर नियमले गर्दा यस उद्योगका चुनौतीहरु बढिरहेको प्रतिवेदनमा उल्लेख छ । यी चुनौतिहरुले मूल्यवृद्धि र मार्जिनमा संकुचन आईरहेको समेत प्रतिवेदनमा उल्लेख छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रतिवेदनमा प्रविधिमा लगानी बढे, विद्युतीकरण र डिजिटल टुल्समा बढावा दिएभने उत्पादकत्व बढाउने सकिने जनाइएको छ । पछिल्लो समय कोइला र स्टिल जस्ता धातुबाट तामा, सुन र आल्मुनियमतर्फ नाफा बढिरहेको छ ।  

क्षेत्रीयगत बदलावले समेत यो उदोगलाई पुनर्संरचना गरिरहेको छ । चीन र उत्तर अमेरिकाको हिस्सा बढेको छ भने युरोपको ११ प्रतिशतले घटेको छ ।  

धातुको मागमा भने एशियाली राष्ट्रहरुको दबदबा रहने जनाइएको छ । सन् २०३५ सम्म एशियाबाट ४५ प्रतिशत माग हुने आँकलन गरिएको छ । यो माग पुरा गर्नका लागि ४.७ ट्रिलियन डलर पूँजी, २७० गिगावाट पावर र ३ लाख ५० हजार जनशक्ति आवश्यक पर्नेछ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.