शनिबार, बैशाख ५,२०८३ 09:25:31
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 09:25:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वका यी धनाढ्यको सम्पत्ति एकैदिन १४ अर्ब डलरले घट्यो, कतिमा खुम्चियो नेटवर्थ ?

Bizshala
विश्वका यी धनाढ्यको सम्पत्ति एकैदिन १४ अर्ब डलरले घट्यो, कतिमा खुम्चियो नेटवर्थ ?
Shivam Cement

काठमाण्डौ । अमेरिकाको अग्रणी सफ्टवेयर कम्पनी ओरेकलको सेयर सोमबार करिब ५ प्रतिशतले घटेको छ । जसका कारण कम्पनीका संस्थापक ल्यारी एलिसनको कुल सम्पत्ति १४ अर्ब डलरले घटेको छ ।  

यद्यपि, यो गिरावटको बाबजुद एलिसन यस वर्ष सबैभन्दा धेरै कमाउने अर्बपति हुन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार यो वर्ष उनको कुल सम्पत्ति १४४ बिलियन डलरले बढेको छ। उनी ३३६ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसैबीच सोमबार विश्वका शीर्ष १० धनीमध्ये ७ जनाको नेटवर्थ बढेको छ । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको सम्पत्ति ५।८ अर्ब डलरले बढेको छ । उनी ४६१ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो स्थानमा छन्।

यो वर्ष उनको कुल सम्पत्ति २८.६ बिलियन डलरले बढेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग (२५८ बिलियन डलर) तेस्रो, जेफ बेजोस (२४० अर्ब डलर) चौथो, ल्यारी पेज (२२४ बिलियन डलर( पाँचौ, सर्गे ब्रिन (२०९ बिलियन डलर( छैटौं, बर्नार्ड अर्नाल्ट (१९६ बिलियन डलर) सातौं, स्टिभ बाल्मर (१७८ बिलियन डलर) आठौं, जेन्सन ह्वाङ (१५९ बिलियन डलर) नवौं र माइकल डेल (२५८ बिलियन डलर) दशौंमा छन्।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.