मंगलवार, श्रावण १९,२०८३ 06:33:01
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 06:33:01
Bizshala
Global IME Bank Limited

अमेरिकामा ३% पुग्यो मुद्रास्फीति, ब्याजदर कटौतीको सम्भावना उच्च

अमेरिकामा ३% पुग्यो मुद्रास्फीति, ब्याजदर कटौतीको सम्भावना उच्च
New Office

काठमाण्डौ । अमेरिकामा मुद्रास्फीतिदर ३ प्रतिशत पुगेको छ । अमेरिकाको ब्यूरो अफ लेबर स्टाटिस्टीक्सले शुक्रबार जारी गरेको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा उपभोक्ता मूल्य सूचक ०.३ प्रतिशतले बढ्दै वार्षिकदर ३ प्रतिशत पुगेको हो ।  

यो दर गत जनवरी पछिकै उच्च हो । यो वर्षको सुरुवातदेखि नै अमेरिकामा मूल्यवृद्धि  तीव्र गतिमा बढेको थियो ।  

ग्यासको मूल्य समग्रमा ४.१ प्रतिशत र इन्धनको मूल्य ४.२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यो वृद्धि सन् २०२३ अगस्ट पछिकै उच्च हो । ग्यास र इन्धनमा भएको मूल्यवृद्धि नै मुद्रास्फीति बढ्नुको मुख्य कारण रहेको जनाइएको छ ।  

खाद्यान्नको मूल्य भने गत अगस्ट महिनाको तुलनामा मध्यम तरिकाले वृद्धि भएको छ । घरजग्गगासँग सम्बन्धित मुद्रास्फिीति पनि जारी रहेको छ । अर्थशास्त्रीहरुले यो मुद्रास्फीति आगामी महिनामा पनि बढ्ने दाबी गरेका छन् ।  

एउटा अमेरिकी परिवारले सेप्टेम्बर महिनामा अघिल्लो वर्षको तुलनामा थप २०८ डलर खर्च गुर्नपरेको छ । यस्तै सन् २०२१ को कोरोना महामारीको भन्दा थप १०४३ डलर खर्च गुर्नपरेको तथ्यांकले देखाउँछ ।  

नयाँ प्रकाशित आँकडाले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भलाई ब्याजदर कटौती गर्न प्रेरित गर्ने अर्थशास्त्रीहरुले बताएका छन् । ब्याजदर सम्बन्धी निर्णय लिन फेडरल रिजर्भको पोलिसी मिटिङ आगामी साता बस्दैछ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.