आईतवार, फाल्गुन ३,२०८२ 10:08:08
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:08:08
Bizshala
Global IME Bank Limited

होटल बन्दको प्रभाव: तारागाउँ रिजेन्सीको सेयरमूल्यमा नेगेटिभ सर्किट

होटल बन्दको प्रभाव: तारागाउँ रिजेन्सीको सेयरमूल्यमा नेगेटिभ सर्किट
Shivam Cement

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल(ह्यात होटल) जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको घटनाको प्रतिक्रिया सेयर बजारले समेत देखाएको छ ।  

आइतबार कारोबार खुलेको केही मिनेटमै तारागाउँ रिजेन्सी होटलको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

तारागाउँ रिजेन्सी होटल व्यवस्थापनले पुननिर्माण, असुरक्षा जस्ता कारण देखाउँदै तत्कालका लागि सेवा बन्दको सूचना कात्तिक २ गते नै टाँस गरेको थियो । सो विषय खबरहरुमा आएपछि यसले लगानीकर्ताको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको देखिएको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

जसका कारण टिआरएच संकेतबाट नेप्सेमा कारोबारमा रहेको तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य प्रतिकित्ता ७९.६० रुपैयाँले घटेर ७१६.४० रुपैयाँमा सीमित बन्न पुगेको हो । यो कम्पनीको सेयर किन्ने कोही नदेखिँदा साना साना कित्ताहरु बिक्रीतर्फ राखिएकै अवस्थामा नेगेटिभ सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बिक्रीतर्फ ९९४ कित्ता मात्र रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.