आईतवार, फाल्गुन ३,२०८२ 10:46:03
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:46:03
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न
Shivam Cement

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो ।  

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला व्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैंक अझबलियो भएर अघि बढ्ने विश्वास ब्यक्त गरे ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा सेयरधनीलाई धन्यवाद ज्ञापन गरे । उनले यो लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

वार्षिकोत्वसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले ‘बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन’ अभियान घोषणा गरेको छ । लिड फर नेपाल नामक संस्थासँगको सहकार्यमा सञ्चालन गरिने यस अभियानअन्तर्गत बैंकका १० वटा क्लस्टर मार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ । यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराइने छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरि, वार्षिकोत्वसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा सेवाको ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आईरहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.