बुधबार, असार १०,२०८३ 02:45:34
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:45:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘डरको प्रिमियम’ मा चम्किँदै सुन :तर मूल्यभन्दा बढी ‘मनोवैज्ञानिक चमक’ मात्र

Laxmi Sunrise Bank Limited
‘डरको प्रिमियम’ मा चम्किँदै सुन :तर मूल्यभन्दा बढी ‘मनोवैज्ञानिक चमक’ मात्र

काठमाण्डौ । यो वर्ष सुनको मूल्यमा ऐतिहासिक उछाल आएको छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ४ हजार अमेरिकी डलर प्रतिऔंस नाघिसकेको छ। तर, न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक अश्वथ दामोदरनले यस उछाललाई औचित्यपूर्ण नभएको बताउँदै सुन “स्पष्ट रूपमा महँगो” भएको टिप्पणी गरेका छन्।

दामोदरनले आफ्नो ब्लग पोस्टमार्फत भनेका छन्, “२०२५ मा सुनको मूल्यमा करिब ५७ प्रतिशतको वृद्धि भएको छ। विगत दशकमा यो १,०६० डलरबाट बढेर ४,००० डलर नाघेको छ, तर यसको वास्तविक गुणस्तरले त्यो मूल्यलाई समर्थन गर्दैन।”

New Office
CG Motors
Garima Development Bank

उनका अनुसार, सुनलाई परम्परागत रूपमा मुद्रास्फीति र आर्थिक संकटको सुरक्षा कवचको रूपमा हेरिँदै आएको भए पनि इतिहासले त्यो सम्बन्ध सधैंँ पुष्टि गर्दैन। उनले थपे, “शेयर वा बन्डजस्तो सुनले आम्दानी दिँदैन, त्यसैले यो वित्तीय सम्पत्ताभन्दा बढी ‘कलेक्सनका वस्तु’ जस्तो हो, जसको मूल्य बजारको धारणा र लगानीकर्ताको मनोविज्ञानमा निर्भर हुन्छ।”

ऐतिहासिक औसतभन्दा धेरै महँगो सुन

दामोदरनले आफ्ना दाबीलाई पुष्टि गर्न दुई सूचक-‘गोल्ड-टु-सीपीआई’ (उपभोक्ता मूल्य सूचकांक अनुपात) र ‘गोल्ड-टु-सिल्भर’ अनुपातको विश्लेषण गरेका छन्।

२०२५ अक्टोबरमा गोल्ड-टु-सीपीआई अनुपात १७.८१ पुगेको छ, जुन ऐतिहासिक औसत ३ भन्दा करिब छैटौँ गुणा बढी हो। त्यसैगरी गोल्ड-टु-सिल्भर अनुपात ८४.७३ पुगेको छ, जुन यसको औसत ५७.०९ भन्दा निकै माथि छ। यी तथ्यांकले सुन अहिले आफ्नो वास्तविक मूल्यभन्दा धेरै महँगोमा बिक्री भइरहेको संकेत गर्छन्।

यद्यपि, दामोदरनले स्वीकार गरेका छन् कि यदि ब्याजदर र मुद्रास्फीति दुवै स्थिर र न्यून रहिरहे भने यी अनुपातहरूमा केही हदसम्म परिवर्तन आउन सक्छ। तर त्यो प्रभाव सीमित दायराभित्र मात्र रहने उनको धारणा छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मूल्यभन्दा बढी ‘डर’ का कारण

दामोदरनका अनुसार, सुनको मूल्य वृद्धि पछाडिको वास्तविक कारण त्यसको मौलिक मूल्य होइन, बरु “डरको कारणले बढेको प्रिमियम” हो।

उनले लेखेका छन्, “जसले आफ्नो लगानी पोर्टफोलियोमा सुरक्षा कवचका रूपमा सुन समावेश गर्छन्, उनीहरूले बुझ्नुपर्छ-यो ठूलो अनिश्चितताका लागि गरिएको बीमाजस्तै हो।”

उनी भन्छन्, पछिल्लो मूल्यवृद्धि “आर्थिक डर र अनिश्चितता” को परिणाम हो।

उनका शब्दमा, “कसैकसैले सही समयमा लाभ कमाएका होलान्, तर धेरै लगानीकर्ताहरूले २०२५ मा बजारको बदलिँदो मनोविज्ञानलाई महसुस गरेर सुनतर्फ रुख गरेका हुन्।”

दामोदरनले अन्त्यमा रोचक प्रश्न उठाएका छन्-“यदि जेपीमर्गनका प्रमुख जेमी डिमोन र हेज फन्ड अरबपति रे डेलियो स्वयंले बजारलाई बुलबुला भन्छन् भने, के उनीहरूले सुनमा लगानी गर्नु व्यावहारिक निर्णय होइन?”

यसले देखाउँछ, बजारमा अनिश्चितता बढ्दा ठूलो लगानीकर्तासमेत सुनलाई “डरको प्रिमियम” को रूपमा रोजिरहेका छन्, चाहे यसको मूल्य अस्वाभाविक रूपमा महँगो किन नहोस्।

-स्रोत: भारतीय सञ्चारमाध्यमहरु

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.