काडमाण्डौ । राष्ट्रिय सभाको अर्को बैठक आगामी साउन २१ गते बिहीबार बस्ने भएको छ।
सोमबार बसेको बैठकमा विभिन्न प्रतिवेदन पेस भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन २१ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बैठक स्थगित गरेका हुन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मधेसी आयोगका दुईवटा वार्षिक प्रतिवेदन पेस गरिन्।
मन्त्री गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ र ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरेकी हुन्।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले समितिको अध्ययन प्रतिवेदन पेस गरेका छन्।
उनले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ राष्ट्रिय सभामा प्रस्तुत गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।