आईतवार, फाल्गुन ३,२०८२ 10:11:04
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:11:04
Bizshala
Global IME Bank Limited

चीनमा अर्बौंको घोटाला गर्ने क्रिप्टोक्वीन: जो बन्न चाहन्थिन् एक देशको महारानी

चीनमा अर्बौंको घोटाला गर्ने क्रिप्टोक्वीन: जो बन्न चाहन्थिन् एक देशको महारानी
Shivam Cement

काठमाण्डौ । हजारौं चिनियाँ पेन्सनर्सको पैसाले अर्बौंको क्रिप्टोकरेन्सी किन्ने एक महिलालाई बेलायतमा ११ वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । यी महिलाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।  

चीनबाट भागेपछि यी महिला उत्तरी लन्डनको ह्याम्पस्टेडको महलमा बस्न थालेकी थिइन् । एक वर्षपछि महानगरीय पुलिसले त्यहाँ छापा मार्यो र संसारको सबैभन्दा ठूलो क्रिप्टो बरामद गरेको थियो।

उनको कम्पनीमा चीनका एक लाखभन्दा बढी मानिसले आफ्नो पैसा लगानी गरेका थिए । उनले आफूले उच्च प्रविधियुक्त स्वास्थ्य उत्पादन विकास गरिरहेको र  क्रिप्टोकरेन्सी माईनिङ गरिरहेको दाबी गरेकी थिइन्। उनले वास्तवमा रकम हिनामिना गरेको प्रहरीले जनाएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अब यी महिलाको कम्पनीमा पैसा लगानी गर्ने मानिसहरूलाई आशा छ कि बेलायती अधिकारीहरूले उनीहरूलाई उनीहरूको पैसा फिर्ता गर्न सक्षम हुनेछन्। बेलायती कानून अनुसार कसैले दाबी नगरेको सम्पत्ति सरकारको खातामा जान्छ । जसका कारण कतिपयले यस लूटबाट सरकारी खजानालाई फाइदा हुने अनुमान गरेका छन् ।

सन् २०१७ मा जब चीनको प्रहरीले ४७ वर्षीया चियान चिमिनलाई अनुसन्धान गर्न थालेपछि उनी नक्कली राहदानी मार्फत बेलायत पुगेको थाहा भयो । लन्डन पुगेपछि चियान ह्याम्पस्टेड हेथ क्षेत्रको महलमा बस्न थालिन्। जसको भाडा मासिक १७ हजार पाउण्ड थियो । यो भाडा बिटक्वाइनबाट भएको आम्दानीबाट भुक्तानी गरिएको थियो।

चियानले आफूलाई लन्डनमा हीरा र प्राचीन वस्तुहरूको धनी उत्तराधिकारीको रूपमा वर्णन गरेकी थिइन्। उनले पूर्व डेलिभरी कर्मचारीलाई काममा लगाइन् । उनीहरुले क्रिप्टोकरेन्सीलाई नगद वा सम्पत्तिमा रूपान्तरण गर्न चियानलाई मद्दत गर्थे।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उनका सहायक वेन जियानलाई गत वर्ष मनी लान्ड्रिङको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो। उनले आफ्नो सुनुवाइका क्रममा चियानले आफ्नो अधिकांश समय ओछ्यानमा सुतेर, गेमिङ र अनलाइन सपिङमा बिताउने गरेको बताएका थिए ।

तर चियानको डायरीका अनुसार उनी ६ वर्षे योजना तयार गरिरहेकी थिइन् । अन्तर्राष्ट्रिय बैंक स्थापना र स्विडेनी दरबार किन्नुका साथै अन्य धेरै योजनाको जानकारी पनि उनको नोटमा भेटिएको थियो ।

उनको सन् २०२२ सम्म लिबरल्याण्डको रानी बन्ने ठूलो लक्ष्य थियो। यो क्रोएसिया र सर्बियाको सिमानामा अवस्थित एउटा अपरिचित सानो देश हो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.