मंगलवार, श्रावण १९,२०८३ 05:19:43
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 05:19:43
Bizshala
Global IME Bank Limited

अमेरिकी इतिहासको सबैभन्दा लामो शटडाउन समाप्त, सरकारी सेवाहरु पुनः सुचारु हुने

अमेरिकी इतिहासको सबैभन्दा लामो शटडाउन समाप्त, सरकारी सेवाहरु पुनः सुचारु हुने
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य गरी सरकारलाई पुनः खोल्ने विधेयकमा हस्ताक्षर गरेका छन् । ट्रम्पको हस्ताक्षरपछि ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट पारित यो विधेयक कानून बनेको छ । योसँगै अमेरिकी शटडाउन समाप्त भएको छ ।

बुधबार यो विधेयक  ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट २२२–२०९ मतले पारित भएको थियो । त्यसको दुई दिनअघि मात्रै यो विधेयक सिनेटमा निकै कम मतान्तरले पारित भएको थियो ।

ओभल अफिसमा बोल्दै ट्रम्पले सरकारले अब सामान्य कार्यहरू पुनः सुरु गर्ने बताए। उनले ४३ दिनको बन्दबाट मानिसहरु नराम्ररी प्रभावित भएको बताए । अमेरिकामा धेरै सरकारी सेवाहरू अक्टोबरदेखि बन्द थिए र लगभग १४ लाख संघीय कर्मचारीहरू या त बिदामा थिए वा बिना तलब काम गरिरहेका थिए। खाद्यान्न सहायता कार्यक्रम पनि रोकिएको थियो र देशभर हवाई यात्रा अवरुद्ध भएको थियो ।  

अब आगामी दिनमा सरकारी सेवा सुचारु हुने अपेक्षा गरिएको छ । यससँगै हवाई यात्रामा देखिएका समस्या पनि क्रमशः कम हुने सम्भावना छ । कर्मचारी अभावका कारण संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई उडान कटौती गर्नुपरेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.