आईतवार, फाल्गुन ३,२०८२ 10:09:31
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:09:31
Bizshala
Global IME Bank Limited

लेमफाईले बेलायतमा ‘इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्ट’ सार्वजनिक, आप्रवासीको बचत वृद्धि र आर्थिक स्वतन्त्रता लक्ष्य

लेमफाईले बेलायतमा ‘इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्ट’ सार्वजनिक, आप्रवासीको बचत वृद्धि र आर्थिक स्वतन्त्रता लक्ष्य
Shivam Cement

लन्डन । आप्रवासीहरूको आर्थिक जीवनलाई सरल र सुरक्षित बनाउन दिगो समाधान तयार गर्दै आएको फिनटेक कम्पनी LemFi (लेमफाई) ले बेलायतमा आफ्नो नयाँ ‘इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्ट’ औपचारिक रूपमा सुरु गरेको छ। वास्तविक-समय क्लियरिङ र इम्बेडेड बैंकिङ सेवा उपलब्ध गराउने ClearBank सहकार्यमा सुरु गरिएको यो सेवा आप्रवासी समुदायका लागि व्यापक वित्तीय पारिस्थितिकी निर्माणतर्फको महत्वपूर्ण कदम मानिएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हालै लेमफाईले नेपालका लागि eSewa Money Transferसँग सहकार्य विस्तार गरेको थियो, जसले नेपाली समुदायसमेत यस सेवाबाट प्रत्यक्ष लाभ लिन सक्नेछ।

दुई मिलियनभन्दा बढी प्रयोगकर्ताका लागि सोझै एपमार्फत बचत सुविधा

लेमफाईका विश्वभरका २ मिलियनभन्दा बढी ग्राहकले अब अन्तर्राष्ट्रिय रकम पठाउने एउटै एपमार्फत बचत पनि गर्न सक्नेछन्। बचत खातामा राखिएको रकम ClearBank मा सुरक्षित रहनेछ र योग्य निक्षेपहरू FSCS मार्फत £८५,००० सम्म सुरक्षित हुनेछन्।

सुरुआती चरणमै लेमफाईले ३.९२% ब्याजदर प्रस्ताव गरेको छ, जुन यूकेको समान प्रकारका खाताको औसत २.२७% भन्दा धेरै प्रतिस्पर्धात्मक छ। ब्याजदर अहिले बैंक अफ इङ्ग्ल्यान्डको बेस–रेटसँग जोडिएको छ, निकट भविष्यमा यसलाई भेरिएबल दरमा रूपान्तरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।

यूके आप्रवासीहरूको भूमिकामै केन्द्रित नयाँ सुविधा

सन् २०२३ मा मात्र यूकेस्थित आप्रवासीहरूले आफ्ना परिवार तथा आफन्तलाई £९.३ अर्बभन्दा बढी रेमिट्यान्स पठाएका थिए। तर अझै पनि उनीहरूलाई विश्वासिलो, पहुँचयोग्य र व्यवहारमै बसेको बचत उपकरण अभाव रहेको अध्ययनहरूले देखाउँछन्।

यसै सन्दर्भमा लेमफाईले आप्रवासीहरूको वित्तीय व्यवहार र सीमापार आवश्यकतालाई बुझेर बचत, क्रेडिट, र वैकल्पिक स्कोरिङ प्रविधीमार्फत पहुँचयोग्य वित्तीय सेवा प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ।

कम्पनीले तयार गरिरहेको LemFi Credit सेवा अन्तर्राष्ट्रिय क्रेडिट इतिहासलाई मान्यता दिनेदेखि वैकल्पिक क्रेडिट मूल्याङ्कनका आधारमा ऋण सुविधा सक्षम बनाउनेछ। यसका अतिरिक्त Send Now Pay Later (SNPL) प्रणालीले आपत्कालमा पैसा पठाउन सहयोगी विकल्प उपलब्ध गराउँछ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

७ हजारभन्दा बढी प्रयोगकर्तासहित सफल परीक्षण चरण

यो बचत सुविधा २०२५ को अगस्टदेखि प्राइभेट बेटा संस्करणमा सञ्चालन हुँदै आएको थियो। छोटो अवधिमा नै ७,००० भन्दा बढी प्रयोगकर्ताले खाताको सक्रिय प्रयोग गरेको कम्पनीले जनाएको छ, जसले आप्रवासी–केन्द्रित वित्तीय उपकरणप्रतिको ठूलो माग प्रकट गर्छ।

लेमफाईका सह–संस्थापक तथा CFO रियन कोक्रान भन्छन्,“हाम्रा धेरै प्रयोगकर्तामा राम्रो बचत व्यवहार छ, उनीहरूलाई नयाँ देशमा आत्मविश्वासका साथ बचत गर्न सहज र सुरक्षित उपकरण मात्रै चाहिन्छ। अब बचत सुविधा एपमै उपलब्ध भएपछि उनीहरूले विदेशमा पैसा पठाउनका साथै नयाँ देशमा आर्थिक स्थिरता पनि बनाउन सक्नेछन्।”

ClearBank का Chief Customer Officer जोन साल्टर का अनुसार,“वित्तीय सेवामा सबैको पहुँच हुनुपर्छ भन्ने हाम्रो विश्वास हो। लेमफाईसँगको सहकार्यमा सुरु भएको यो सेभिङ्स अकाउन्ट आप्रवासीहरूका लागि पारदर्शी, सुरक्षित र दैनन्दिन जीवनमै आधारित बैंकिङ समाधान प्रदान गर्ने महत्वपूर्ण अध्याय हो।”

सन् २०२१ मा स्थापित लेमफाई हाल विश्वभरका आप्रवासीको लागि पूर्ण वित्तीय सेवाको भविष्य निर्माण गर्दैछ। पहिलो चरणमा रेमिट्यान्समा केन्द्रित कम्पनीले आज युरोप र उत्तरी अमेरिकाका दुई मिलियनभन्दा बढी प्रयोगकर्तालाई ३० देशमा रकम पठाउने सुविधा प्रदान गर्दै आएको छ। अफ्रिका, युरोप र उत्तरी अमेरिकामा ३०० भन्दा बढी कर्मचारीसहित कम्पनीले Highland Europe, Left Lane Capital, Endeavor Catalyst लगायतका लगानीकर्ताबाट $८५ मिलियनभन्दा बढी लगानी प्राप्त गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.