बुधबार, श्रावण १३,२०८३ 01:31:15
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:31:15
Bizshala
Global IME Bank Limited

विकास बैंकहरुको नाफामा ३४.७५% को गिरावट, ७ बैंक घाटामा

विकास बैंकहरुको नाफामा ३४.७५% को गिरावट, ७ बैंक घाटामा
New Office

काठमाण्डौ । विकास बैंकहरुको नाफा ३४.७५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ४ महिनासम्ममा विकास बैंकहरुले १ अर्ब ९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३४ प्रतिशत कम हो । गत आवको कात्तिक महिनासम्ममा विकास बैंकहरुले १ अर्ब ६७ करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए ।

जेनजी आन्दोलनको प्रभाव विकास बैंकहरुको नाफामा देखिन पुगेको छ । जेनजी आन्दोलनले क्षति पुर्यापछि ऋण असुली प्रभावित हुँदा विकास बैंकहरुको ब्याज आम्दानी र नाफा संकुचन देखिएको हो ।

सो अवधिसम्म ८ वटा विकास बैंक नाफामा देखिएका छन् भने ७ बैंकले घाटा ब्यहोरेका छन् । नाफामा रहेका ८ बैंकमध्ये पनि ५ बैंकको नाफा गत आवको तुलनामा बढेको छ भने ३ बैंकको घटेको छ ।

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने बैंकमा गरिमा विकास बैंक रहेको छ । बैंकले ३९ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७।९५ प्रतिशत बढी हो ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले ३८ करोड ४२ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३० करोड २५ लाख, कामना सेवा विकास बैंकले २७ करोड ७७ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले १४ करोड ८५ लाख, ज्योति विकास बैंकले १३ करोड ९६ लाख, महालक्ष्मी विकास बैंकले ८ करोड ४४ लाख र मितेरी डेभलपमेन्ट बैंकले ३ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

साथै, सो अवधिसम्म ७ विकास बैंक भने घाटामा देखिएका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्ने बैंकमा लुम्बिनी विकास बैंक रहेको छ । यो बैंकले ३६ करोड ४६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले १८ करोड ६९ लाख, सिन्धु विकास बैंकले ४ करोड ४७ लाख, नारायणी डेभलपमेन्ट बैंकले २ करोड ९२ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड १८ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोढ १२ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकले ७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.