मंगलवार, कार्तिक ३,२०८३ 04:25:35
  • मंगलवार, कार्तिक ३,२०८३ 04:25:35
Global IME Bank Limited

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण

Bizshala
सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण
New Office

काठमाण्डौ । नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतबार काठमाण्डौको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जुन २०२६ ब्याचको लागि चार्टर्ड एकाउन्टेन्ट शिक्षाको पहिलो तह फाउन्डेसन लेवलमा भर्ना भएका विद्यार्थीहरुलाई संस्था र चार्टर्ड एकाउन्टेन्ट शिक्षाबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले विद्यार्थीलाई लेखा व्यवसाय क्षेत्रका नवीन परिवर्तनहरु आत्मसात गर्दै चार्टर्ड एकाउन्टेन्ट यात्राका लागि शुभकामना दिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संस्थाका उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले विद्यार्थीहरुले नयाँ सोच, जोस र जाँगरसहितको योग्य पेशाकर्मी बन्न कोसिस गर्नुपर्नेमा जोड दिए ।

संस्थाका कार्यकारी निर्देशक सिए बिमल डंगोलले विद्यार्थीलाई यस शिक्षामा स्वागत गरे ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा संस्थाका सहायक निर्देशक सिए गौरब खतिवडाले संस्था र सिए शिक्षाको विषयमा प्रस्तुतीकरण दिएका थिए । साथै, पार्षद् सिए हरिकुमार सिलवाल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर सिए महाप्रसाद अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष सिए प्रविणकुमार झा, क्याप थ्रीका टपर सागर ज्ञवालीले आफ्नो सिए यात्रा, सिए करिअरका विविध आयाम लगायत विषयवस्तु समेट्दै प्रेरणादायी वक्तव्य दिएका थिए ।

कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा करिब ४२५ विद्यार्थी भौतिक रुपमा सहभागी थिए ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.