काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको ३३ औं वार्षिक साधारण सभा पुस ३० गते सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षक CA Ranjeev & Associates लाई पुनः नियुक्त गरेको छ ।
यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

