काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ेवित्तीय साक्षरता अभिबृद्धि गर्न धादिङ जिल्लाका विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले धादिङको रोराङ गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलो पोखरीका स्थानीयबासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यत्रमहरुमा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरु, डिजिटल बैंकिङ प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयाम बारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुर्याउने उदेश्य बैंकले लिएको जनाएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।