काठमाण्डौ । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलले राजीनामा दिने भएका हुन् ।
स्रोतका अनुसार खरेल ललितपुर–२ बाट उम्मेदवार बन्ने भएका छन् । उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्दैछन् ।
राजीनामापछि मन्त्रालयमा विशेष पत्रकार सम्मेलन र विदाई कार्यक्रम राखिएको छ । राजीनामापत्र बोकेर उनी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

