आईतवार, फाल्गुन ३,२०८२ 02:05:42
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:05:42
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३% ले बढ्यो, वितरणयोग्य मुनाफामा भने गिरावट

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३% ले बढ्यो, वितरणयोग्य मुनाफामा भने गिरावट
Shivam Cement

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले उक्त अवधिसम्ममा ३० करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म बैंकले १९ करोड ६५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९१ करोड ८२ लाख रुपैयाँबराबर रहेको खुद ब्याज आम्दानी बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ११.२९ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्म १२ करोड ५३ हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । बैंकको सञ्चालन मुनाफा ४५ करोड १३ लाख र खुद सञ्चालन आम्दानी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।  

बैंकको रिटेन्ड अर्निङ घटेको छ । अघिल्लो आवमा ३६ करोड ८३ लाख रहेको रिटेन्ड अर्निङ घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार पनि १ अर्ब ७० करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

ग्राहकहरुबाट ५४ अर्ब ३९ करेड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४४ अर्ब ४० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफामा कमी आएको छ । अघिल्लो आवमा २५ करोड २५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको लाभांश क्षमता पनि १४.७२ प्रतिशतबाट घटेर ५.०७ प्रतिशतमा सीमित बनेको छ ।  

बैंकको खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.२४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६९७.९९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.७८ गुणा र तरलता अनुपात २५.५० प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.