बुधबार, भाद्र ३,२०८३ 01:20:04
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:20:04
Bizshala
Global IME Bank Limited

ब्याज खर्च बढेसँगै घाटामा गयो सिन्धु विकास बैंक, रिटेन्ड अर्निङ र वितरणयोग्य मुनाफा ऋणात्मक

ब्याज खर्च बढेसँगै घाटामा गयो सिन्धु विकास बैंक, रिटेन्ड अर्निङ र वितरणयोग्य मुनाफा ऋणात्मक
New Office

काठमाण्डौ । सिन्धु विकास बैंक घाटामा गएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंक १ करोड ५४ लाख रुपैयाँ घाटामा गएको हो ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको निक्षेप वृद्धिको अनुपातमा कर्जा लगानी वृद्धि नभएकाले ब्याज खर्च बढ्न गई खुद नोक्सानी भएको हो । तथापी बैंकका अन्य सूचकहरु भने सन्तोषप्रदक नै देखिन्छन् । गत आवको भन्दा बैंकको निष्कृय कर्जाको अनुपात र पूँजीकोष अनुपातमा सुधार आएको देखिन्छ ।

वित्तीय विवरण नियाल्दा बैंकको कर्जाको मागमा संकुचन आएको र निष्कृय कर्जा असुलीमा असर परेको देखिन्छ ।

Bizshala
CG Motors

बैंकको खुद ब्याज आम्दानी भने ३.७१ प्रतिशतले बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी समेत बढेको छ । अघिल्लो आवमा ५५ लाख ९४ हजार रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर ८६ लाख ७० हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन खर्च ८ करोड १४ लाख रुपैयाँबाट बढेर ८ करोड ३६ लाख पुगेको छ । 

यो अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जका लागि १७ लाख ८८ हजार रुपैयाँ छुट्टाएको छ । बैंकको रिटेन्ड अर्निङ २२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ भने रिजर्भमा १९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ अर्ब ६८ करोडबाट घटेर ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकले कर्जा प्रवाह ३ अर्ब २५ क रोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा भने २२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक छ ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९.०६ प्रतिशत रहेको खराब कर्जा अनुपात भने घटेर ६.३९ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ५.५० रुपैयाँले ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४०.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२९.७२ गुणा र तरलता अनुपात ६१.७४ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.