काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको घाटा झनै फराकिलो भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको घाटा ८०८.२५ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा ४ करोड ७३ लाख पुगेको छ ।
अघिल्लो आवको् सोही अवधिसम्म भने बैंकको घाटा ५२ लाख १३ हजार मात्रै थियो ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ४ करोड ७३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज १ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको खराब कर्जा अनुपातमा व्यापक वृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ५७.४८ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिसम्म ४३.६९ प्रतिशत थियो ।
दोस्रो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ५० करोड १२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँबाट घटेर १२ करोड ९ लाखमा सीमित बनेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ११.२० रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३३.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४८.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३६.४२ गुणा ऋणात्मक र तरलता अनुपात ७३.०५ प्रतिशत कायम भएको छ ।

