शनिबार, फाल्गुन २३,२०८२ 08:41:20
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 08:41:20
Bizshala
Global IME Bank Limited

विश्वव्यापी लेखा र फाइनान्समा बाहिरी स्रोतको सेवा विषयक सम्मेलन सम्पन्न

Hyundai Nepal
विश्वव्यापी लेखा र फाइनान्समा बाहिरी स्रोतको सेवा विषयक सम्मेलन सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को २९औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाण्डौमा Global Accounting & Finance Outsourcing विषयक सम्मेलन सम्पन्न भएको छ ।

‘विश्वव्यापी लेखा तथा वित्तीय आउटसोर्सिङः प्रवृत्ति, क्षेत्रीय दृष्टिकोण र उदीयमान विश्वव्यापी अवसरहरू’ विषयक पहिलो सत्रमा सरकारको स्थायित्व, व्यवसाय गर्न सहजता, भाषिक दक्षता, विशेष योग्यताको गहिराइ, पेसागत दक्षता तथा लागत पक्ष आउटसोर्सिङ बजारका प्रमुख प्रेरक तत्वहरू भएकोमा जोड दिइयो ।

साथै प्रविधि अनुकूलन, सीप विकास, रणनीतिक नेतृत्वमा लगानी गर्दै परम्परागत लेखाबाट रोबोटिक प्रोसेस अटोमेसन ९च्एब्०, एआई अटोमेसन उपकरणजस्ता नयाँ युगका लेखा प्रणालीतर्फ रूपान्तरण गर्न सकेमा नेपालले विश्वव्यापी लेखा तथा वित्तीय सेवाको आउटसोर्सिङ बजारमा आफूलाई प्रतिस्पर्धी राष्ट्रका रूपमा स्थापित गर्न सक्ने धारणा सहभागीहरूले राखे ।

यस सत्रको अध्यक्षता आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले गरेका थिए । सत्रमा नाउ सीएफओका डाइरेक्टर अफ रिमोट सर्भिसेज डेविड हिलले विषयवस्तुमाथि शीर्ष मन्तव्य प्रस्तुत गरेका थिए । सत्रका प्यानलिस्टहरूमा एजीके पार्टनरका साझेदार सरोज सापकोटा, जेएचएस कन्सल्टिङका आउटसोर्सिङ पार्टनर तथा सेन्टर अफ एक्सेलेन्सका प्रमुख सीए धवलकुमार दीपक ठक्कर तथा स्ट्रेलिङ वेल्सका सीईओ सीए राजु गजुरेल थिए ।

‘नेपालमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ), नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) र सूचना प्रविधि (आईटी) आउटसोर्सिङः प्रवृत्ति, आर्थिक प्रभाव र नीतिगत हस्तक्षेप’ विषयक सम्मेलनको दोस्रो सत्रमा बीपीओ/केपीओ क्षेत्रसँग सम्बन्धित विद्यमान नीति, चुनौती, पहल तथा आगामी मार्गचित्र’ विषयमा छलफल भएको थियो । उक्त सत्रले विषयवस्तुमाथि गहन छलफलपछि सरकार र बहुपक्षीय निकायबीच सहकार्य, नीतिगत सुधार र स्थायित्वले नेपालमा बीपीओ÷केपीओ क्षेत्रको विकासलाई तीव्रता दिन सक्ने निष्कर्ष निकालेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सत्रमा सीए आनन्दराज शर्मा वाग्लेले संस्थाले अघि सारेको गेन परियोजनाले आगामी एक दशकमा वार्षिक रूपमा १ लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने र ६ अर्ब अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य राखेको जानकारी दिए ।

उक्त सत्रको अध्यक्षता अनलाइनखबर डट कमका एसोसिएट एडिटर तथा बिजनेस एन्ड इकोनोमिक ब्युरो प्रमुख जनार्दन बरालले गरेका थिए । आइक्यानका उपाध्यक्ष समेत रहेका सीए वाग्लेले ‘नेपालमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ), नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) र सूचना प्रविधि (आईटी) आउटसोर्सिङ ः प्रवृत्ति, आर्थिक प्रभाव र नीतिगत हस्तक्षेप’ विषयक सम्मेलनको दोस्रो सत्रमा बीपीओ/केपीओ क्षेत्रसँग सम्बन्धित विद्यमान नीति, चुनौती, पहल तथा आगामी मार्गचित्र’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सत्रका प्यानलिस्टहरूमा अर्थ मन्त्रालयका उपसचिव गोविन्दराज आचार्य, विश्व बैंकका वित्तीय व्यवस्थापन विशेषज्ञ सीए विश्वराज बसौला र नास आईटीका अध्यक्ष गौरवराज पाण्डे थिए ।

सम्मेनलको तेस्रो सत्रमा Starting Small, Thinking Global: Preparing Nepalese Accounting Firms for International Outsourcing Engagements  विषयमा छलफल भएको थियो । उक्त सत्र नेपालमा आउटसोर्सिङ व्यवसायमा संलग्न पेसाकर्मीहरूको वास्तविक अनुभव आदानप्रदानमा केन्द्रित थियो । प्यानल छलफलले नेपालका आउटसोर्सिङ फर्महरूले दिगो सञ्चालनका लागि बुककिपिङ तथा नियमित सेवामा मात्र केन्द्रित हुनुको सट्टा विशिष्टीकृत सेवा प्रवाह, मानव संसाधन विकास तथा कार्य संस्कृति÷आचारसंहिता विकासमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।

तेस्रो सत्रको अध्यक्षता आइक्यानका काउन्सिल सदस्य सीए उमेशराज पाण्डेयले गर्नुभएको थियो । सत्रका प्यानलिस्टहरूमा एक्यानका महासचिव सीए प्रदीप अर्याल, एसीसीए नेपालका प्रमुख रबिन कटवाल, फोर सिमेट्रोन्सका निर्देशक सीए शंकर थापा, इन्भेस्टर फ्रेन्ड्ली सीपीएका सीईओ आशिष आचार्य र फोकस योर फाइनान्सका सीईओ गणेश दाहाल थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साँझमा वार्षिकोत्सव समारोह

सोही साँझ आइक्यानको २९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका अर्थमन्त्री रामेश्वर खनालले आइक्यानको स्थापनाकालदेखि हालसम्मका गतिविधिहरूको प्रशंसा गर्दै नेपालको सार्वजनिक वित्तव्यवस्थापन सुधारमा आइक्यान सदस्यहरूको भूमिकालाई उच्च मूल्यांकन गरे । उनले नेपालबाट सेवा निर्यातको आवश्यकता औंल्याउँदै सूचना प्रविधिमा आधारित लेखा सेवाहरू निर्यात गर्ने ठूलो सम्भावना रहेको बताए ।

साथै, चार्टर्ड एकाउन्टेन्टहरूलाई सरकारी राजस्व सेवा तथा सार्वजनिक वित्तीय व्यवस्थापन सेवामा प्रवेशको व्यवस्था गरेर सरकारले उनीहरूको महत्वलाई मान्यता दिएको बताए । अन्तर्राष्ट्रिय स्तरका सेवा नेपालबाटै प्रदान गर्न सक्ने ठूला लेखा तथा लेखापरीक्षण फर्महरूको आवश्यकता र कर छली नियन्त्रणमा लेखा व्यवसायीहरूको भूमिकामा उनले जोड दिए ।

विशेष अतिथि महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आइक्यानको २९औं वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्दै नेपालका वित्तीय सेवा क्षेत्रमा चार्टर्ड एकाउन्टेन्ट तथा लेखा व्यवसायीहरूको महत्वमाथि प्रकाश पारे । उनले महालेखा नियन्त्रक कार्यालय र आइक्यानबीच सम्पन्न समझदारीपत्र (एमओयु) कार्यान्वयन महत्वपूर्ण रहेको बताए ।

महालेखा परीक्षक तथा कार्यक्रमका अर्का विशेष अतिथि तोयम रायाले आइक्यानका नियामक भूमिकाहरूलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले सरकारी तथा निजी दुवै क्षेत्रमा लेखापरीक्षणको महत्व, सार्वजनिक क्षेत्रका लेखापरीक्षणमा आइक्यान सदस्यहरूको संलग्नता, कार्यसम्पादन लेखापरीक्षणको आवश्यकता तथा लेखा र लेखापरीक्षण प्रयोजनका लागि उपयुक्त डेटा सुरक्षा व्यवस्थासहित कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीनतम सूचना प्रविधिको प्रयोग आवश्यक रहेकोमा जोड दिए । उनले आक्यानको वार्षिकोत्सवको सफलताको शुभकामना पनि व्यक्त गरे ।

वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै संस्थाका कार्यकारी निर्देशक सीए बिमल डंगोलले आर्थिक वर्ष २०८१/८२ मा आइक्यानले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिहरूको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले आइक्यानको वर्तमान रणनीतिमाथि प्रकाश पार्दै संस्थाको नेपाल परियोजनाअन्तर्गतको ग्लोबल अकाउन्टिङ इनिसिएटिभ, क्याम्पस प्लेसमेन्ट परियोजना तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सार्वजनिक खरिद अनुगमन कार्यालय लगायत विभिन्न निकायहरूसँग भएका समझदारीबारे जानकारी दिए । उनले सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा राष्ट्रको आर्थिक विकासका लागि अर्थ मन्त्रालयसँग सहकार्य गर्ने संस्थाको योजनामाथि पनि प्रकाश पारे ।

आइक्यानका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले प्रमुख अतिथि, विशेष अतिथि, आमन्त्रित अतिथि, कर्मचारी, पत्रकार तथा सम्पूर्ण सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाको वार्षिक वार्षिकोत्सव समारोह औपचारिक रूपमा समापन गरेका थिए ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.